आइतबार, वैशाख ७, २०८२

नेप्सेमा दोहोरो अंकले वृद्धि, कारोबार रकम तीन अर्ब नाघ्यो

नेपालखोज २०८० साउन २८ गते १५:३३

काठमाडौं । नेप्से दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १४ दशमलव ८१ अंकले बढेर दुई हजार ८० दशमलव ८६ अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले बढेर तीन सय ९८ दशमलव शुन्य सात अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको ९५ हजार नौं सय ६५ पटकको कारोबारमा ९७ लाख १८ हजार सात सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब एक करोड ८४ लाख ६० हजार पाँच सय १२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा चार वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेका छन् । सो मध्ये फाईनान्स समुहको सुचक एक दशमलव ३० अंकले घटेर १७ सय ८१ दशमलव ४० अंकमा झरेकोमा लघुवित्त समुहको सुुचक पनि १३ दशमलव ५५ अंकले घटेर तीन हजार सात सय ६२ दशमलव ५१ अंकमा झरेको छ ।

यसैगरी उत्पादनमुलक र अन्य समुहको सुचक पनि १० दशमलव ३४ र शुन्य दशमलव १८ अंकले घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने १३ दशमलव ६१ अंकले बढेर १२ सय ८५ दशमलव ४३ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ५१ अंकले बढेर २२ सय ५४ दशमलव २८ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ५८ दशमलव १३ अंकले बढेर ११ हजार तीन् सय ९६ दशमलव ७४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ४२ दशमलव ५७ अंकले बढेर ११ हजार एक सय ७१ दशमलव ४४ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक पनि क्रमशः एक सय सात दशमलव ५०, शुन्य दशमलव ३०, शुन्य दशमलव शुन्य एक र शुन्य दशमलव शुन्य आठ अंकले बढेका छन् ।

नेप्सेमा आज थ्रि स्टार हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ८० रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर किनबेच घोराही सिमेन्टको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९९ प्रतिशतले घटेर पाँच सय नौं रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ भने प्रतिकित्ता तीन सय ६६ रुपैंयाँ अन्तिम मुल्यमा ५८ करोड ४५ लाख ६१ हजार चार सय रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया