मंगलबार, वैशाख ९, २०८२

आलिया भट्टका यी फिल्मले सय करोडभन्दा बढी कमाएका छन्

नेपालखोज २०८० साउन २८ गते १६:५५

काठमाडाैं । करण जोहर निर्देशित रकी ओैर रानीको प्रेमकथाले ३२० करोडको आँकडा पारगरेको छ । आलिया भट्टको यो फिल्म पनि सय करोडको क्लबमा सामेल छ ।

आलियाको ‘आरआरआर’ ले ४३८ . ८९ करोडको व्यापार गरेको थियो । आलिया भट्टले यही फिल्मबाट तमिल फिल्म उद्योगमा डेब्यू गरेकी हुन् । आलिया भट्ट र रणवीर कपुर स्टारर फिल्म ‘ब्रह्मास्त्र’ ले ४११.९० करोड कलेक्शन गरेको छ ।

सन् २०१९ मा रिलिज भएको आलिया भट्टको फिल्म ‘गली ब्वाय’ ले कुल २२४ . ४० करोड कमाएको थियो । आलिया भट्ट स्टारर फिल्म ‘गंगुबाई काठियावाडी’ले २६१ करोड कमाएको थियो । आलिया भट्टको फिल्म ‘राजी’ ले बक्स अफिसमा १२३.८४ करोडको उत्कृष्ट व्यापार गरेको थियो ।

‘बद्रीनाथ की दुल्हनिया’ ले १८६.६० करोड कमाएको थियो । आलिया भट्ट र अर्जुन कपूर स्टारर फिल्म ‘टु स्टेट्स’ ले बक्स अफिसमा १६३.४० करोड कमाएको थियो।
(सबै रकम नेपाली रुपैयाँमा )

प्रतिक्रिया