मंगलबार, वैशाख ९, २०८२

२० वर्ष अघिका सुपरहिट बलिउड फिल्म

नेपालखोज २०८० साउन २९ गते १६:४७

काठमाडाैं । बलिउडमा यस्ता धेरै फिल्म रिलिज भएका छन् जसका गीत, संवाद र स्टारकास्टलाई अहिले पनि मानिसहरू सम्झन्छन् । आज हामी २० वर्ष पूरा गरेका केही यस्तै चलचित्रको संम्झना गर्दैछौं ।

यो सूचीमा ‘कोई मिल गया’ पनि छ । यो हृतिक रोशनको चलचित्र हो । ‘बागबान’ मा अमिताभ बच्चनसँगै हेमा मालिनी र सलमान खान मुख्य भूमिकामा देखिएका थिए जुन एउटा अबिस्मरणिय चलचित्र हो । सलमान खान र भूमिका चावलाको फिल्म ‘तेरे नाम’ले २० वर्ष पूरा गरेको छ ।

‘चलते चलते’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । शाहरुख र रानी मुखर्जीको यो चलचित्रलाई अहिले पनि सम्झीइन्छ।शाहरुख र प्रीति जिन्ताको ‘कल हो ना हो’ बलिउडको सुपरहिट फिल्मको सूचीमा छ । ‘मुन्ना भाई एमबीबीएस’ सञ्जय दत्तको हिट फिल्म मध्ये एक हो जसलाई बिर्सन गाह्रो छ ।

शाहिद कपुरले आफ्नो करियर ‘इश्क विश्क’ बाट सुरु गरेका थिए जुन सुपर हिट साबित भएको थियो ।

प्रतिक्रिया