लग्न अनुरुप रुद्राक्ष !
काठमाडाैं । रुद्राक्षले कुनै न कुनै रुपबाट जातकलाई फाइदा नै पुर्याएको हुन्छ किन भने रुद्राक्षमा ग्रहसँगै देवताको पनि बास रहेको हुन्छ । जन्म पत्रिका त्रिकोण अर्थात लग्न पञ्चम र नवम् भाव सर्वाधिक बलशाली मानिन्छ ।
लग्न अर्थात् जीवन आयु र आरोग्य पञ्चम अर्थात् बल, बुद्धि, विद्या एवं प्रसिद्धि नवम् अर्थात् भाग्य र धर्म । अतस् लग्नका अनुसार कुण्डलीको त्रिकोण भावको स्वामी ग्रह कहिल्यै पनि अशुभ फल दिँदैन । अशुभ स्थानमा रहे पनि मद्दत नै गर्छ ।
यसैकारण यिनीहरुको भावको रुद्राक्ष धारण गर्नु सर्वाधिक शुभ रहन्छ । विभिन्न योगहरुको शुभाशुभ प्रभावमा वृद्धिका लागि यी ग्रहहरुको सम्बन्धित रुद्राक्ष धारण गर्नुपर्छ ।
जस्तो कि :
-गजकेसरी योगका लागि दुईवटा पाँचमुखी रुद्राक्ष
-शक्ति वृद्धिका लागि दुई र तीनमुखी
-बुध आदित्य योगका लागि चार र एकमुखी
(साधना-सिद्धि विज्ञानको नेपाली रुपान्तर)
माथि उल्लेखित जानकारि प्रामाणिक वा वैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह र सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया