भान्साको कुन कुनामा खाना पकाउने ?

मानिसको जीवनमा वास्तुशास्त्रको महत्त्वपूर्ण भूमिका हुन्छ । विशेषगरी मानिसले घर बनाउँदा वास्तुको ख्याल गर्नुपर्छ किनभने, घरको वास्तु ठीक नभए घरमा अशान्ति सृजना हुन्छ । यसका साथसाथै भान्साको वास्तु पनि सही हुनुपर्छ । भनिन्छ घरको सबैभन्दा महत्वपूर्ण अंग भान्सा हो । वास्तुशास्त्र अनुसार महिलाहरूले भान्साकोठामा काम गर्दा केही कुराको ख्याल गर्नुपर्छ अन्यथा श्रीमानले आर्थिक संकटको सामना गर्नुपर्ने हुनसक्छ ।
दक्षिण दिशा नराख्ने
ज्योतिष शास्त्रअनुसार दक्षिण दिशामा फर्केर खाना पकाउनु हुँदैन । यसो गर्नाले पकाउने र खाने दुवैको जीवनमा गरिबी सृजना हुन सक्छ । यस बाहेक दक्षिण दिशामा उभिएर खाना पकाउँदा सधैं टाउको दुख्ने, जोर्नी दुख्ने तथा माइग्रेन हुन सक्छ ।
यी दिशामा पनि खाना पकाउनु हुँदैन
ज्योतिषशास्त्रका अनुसार पश्चिम र दक्षिण दिशाका अतिरिक्त उत्तर दिशामा खाना पकाउँदा पनि हानि हुन्छ । यसो गर्नाले घरमा आर्थिक समस्या सृजना हुन सक्छ र कहिलेकाहीँ दरिद्रताको अवस्था पनि आउन सक्छ।
यो दिशा शुभ
वास्तु शास्त्रअनुसार खाना पकाउँदा पूर्व दिशामा मुख गर्नु सबैभन्दा शुभ मानिन्छ । पूर्व दिशालाई सूर्यको दिशा मानिन्छ र यो दिशामा सूर्यको प्रकाश सबैभन्दा पहिले र छिटो फैलिन्छ भन्ने विश्वास गरिन्छ । यस्तो अवस्थामा सबैभन्दा सकारात्मक ऊर्जा पनि यही दिशामा रहन्छ ।
विशेष जानकारी : यो लेखमा दिइएको जानकारी परम्परा, पुराना ग्रन्थ तथा मान्यतामा आधारित छ । हामी यो पूर्ण रूपमा सत्य र सही छ भनी दाबी गर्दैनौं । कुनै पनि उपाय अपनाउनु अघि, सम्बन्धित क्षेत्रका विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ ।
प्रतिक्रिया