बिहीबार, वैशाख ११, २०८२

वास्तु ज्ञान : बोट बिरुवाहरूलाई उत्तर दिशामा

नेपालखोज २०८० साउन ३१ गते ५:४१

काठमाडाैं । सुख/समृद्धि ल्याउने माता लक्ष्मी र धनका अधिपति कुबेर घरको उत्तरमा बस्छन् । त्यसैले घरको यो दिशा सधैं सफा र स्वच्छ राख्नुपर्छ। यसैगरी वास्तुशास्त्र अनुसार घरको सुख / समृद्धिका लागि केही बिरुवा निकै शुभ मानिन्छ । घरको उत्तर दिशामा यी बिरुवा रोपे माता लक्ष्मीको कृपा प्राप्त भै आफ्नो आर्थिक अवस्था मजबुत हुनुका साथै भाग्य पनि बलियो हुन्छ ।

तुलसी

हिन्दू धर्ममा तुलसीको पूजालाई निकै महत्वपूर्ण मानिन्छ । तुलसीलाई लक्ष्मीको रूप पनि मानिन्छ। तुलसीको बिरुवा उत्तर दिशामा रोपे धनलाभ हुनुका साथै रोकिएका काम पूरा हुनेछन । तुलसीलाई पर्याप्त मात्रामा सूर्यको प्रकाश पुग्नुपर्छ भने यो ओइलाउन नपरोस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

मनी प्लान्ट

मनी प्लान्टले भाग्यलाई आकर्षित गर्ने काम गर्छ। त्यसैले घरको उत्तर दिशामा नीलो रंगको बोतल वा पारदर्शी फूलदानीमा मनी प्लान्ट रोप्नुपर्छ । ध्यान रहोस यसको लहरा तल झुण्डिनु हुँदैन ।

बाँस

वास्तुशास्त्र अनुसार बाँसको बोट रोप्दा घरमा सुख ( शान्ति कायम रहन्छ । यो बिरुवा घरको उत्तर दिशामा पनि र‍ोप्न सकिन्छ । यो बिरुवाले घरमा सौभाग्यका साथै आकर्षणको काम गर्नेछ भने यसले नकारात्मकतालाई पनि टाढा राख्छ।

केराको बोट

उत्तर दिशामा केराको रुख रोपेर हरेक बिहीबार पूजा गर्नाले भगवान विष्णु र माता लक्ष्मीको कृपा सदैव कायम रहन्छ । प्रत्येक बिहीबार केराको बोटमा घिउको दियो बाल्दा सौभाग्य प्राप्त हुन्छ र जीवनको दुःखबाट मुक्ति मिल्छ ।

घर भित्र र बाहिर कुनै बिरुवा सुकेको छ / छैन भन्ने कुरामा ध्यान दिनुपर्छ । यसले नकारात्मक उर्जा प्रवाह गर्छ ।

विशेष जानकारी : यो लेखमा दिइएको जानकारी परम्परा , पुराना ग्रन्थ तथा मान्यतामा आधारित छ । हामी यो पूर्ण रूपमा सत्य र सही छ भन्ने दाबी गर्दैनौं। कुनै पनि उपाय अपनाउनु अघि, सम्बन्धित विशेषज्ञको सल्लाह लिनु उपयुुक्त हुन्छ ।

प्रतिक्रिया