आई फ्लू हुँदा के गर्ने ?
नेपालखोज
२०८० साउन ३१ गते १२:५६

१. घरमा कसैलाई कन्जक्टिभाइटिस भएको छ भने सरसफाईमा विशेष ध्यान दिनु पर्छ ।
२. आँखा पाकेको छ भने सनग्लास लगाएर मात्र घर बाहिर निस्कनु पर्छ ।
३. समय–समयमा सफा पानीले आँखा धोइरहनु पर्छ ।
४. आँखामा आई ड्रप हाल्नु अघि र पछि राम्रोसंग हात धुनु पर्छ ।
५. संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन तातो पानिले धुनु उपयुक्त हुन्छ ।
६. संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिले प्रयोग गर्नु हुँदैन ।
७. डाक्टरको सल्लाह बिना मनलागि औषधि प्रयोग नगरौं ।
८. आँखा सम्बन्धि समस्या बढे तुरुन्त डाक्टरलाई देखाउनु पर्छ ।
सम्बन्धित
प्रतिक्रिया