जस्को अहिलेसम्म एउटा पनि फ्लप फिल्म छैन्

काठमाडाैं । फिल्म उद्योगमा हिट र फ्लप फिल्मको चक्र चलिरहन्छ । फिल्म बनाउने श्रेय राम्रा निर्माता, निर्देशक, उत्कृष्टअभिनेतालगायत धेरैलाई जान्छ। सफल चलचित्रको पछाडि कलाकारको अभिनय, कथा र राम्रो निर्देशक हुनु जरुरी हुन्छ। भारतको फिल्म इंडस्ट्रीमा यस्ता धेरै निर्देशक छन् जसको पकड यति बलियो छ कि उनीहरुको कुनै पनि फिल्म आजसम्म फ्लप भएको छैन ।
एसएस राजामौली
एसएस राजामौली भारतिय फिल्म उद्योगका लोकप्रिय निर्देशक हुन् । उनको लोकप्रियता २०२२ मा अझ चुलियो जब उनको फिल्म ‘आरआरआर’ को ‘नाटु–नाटु’ गीतले ओस्कार अवार्ड जित्यो । निर्देशक राजामौलीले ‘मगधीरा’, ‘बाहुबली’, ‘सिमाद्री’ जस्ता ब्लकबस्टर फिल्म बनाएका छन् ।
राजकुमार हिरानी
राजकुमार हिरानी बलिउडका त्यस्ता निर्देशक हुन् जसको एउटै फिल्म फ्लप भएको छैन । उनले ‘थ्री इडियट्स’, ‘सञ्जु’, ‘मुन्नाभाई एमबीबीएस’, ‘पीके’ जस्ता उत्कृष्ट फिल्म बनाएका छन् । राजकुमार हिरानी आफ्नो नवीन कथा, उत्कृष्ट गीत र उत्कृष्ट कलाकार कास्टिङका लागि परिचित छन् ।
करण जोहर
हालै रिलिज भएको करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ ले करण जोहर उद्योगका उत्कृष्ट निर्देशक हुन् भन्ने कुरा प्रमाणित गरेको छ । रकी और रानी की प्रेम कहानीको काल्पनिक सेट, रमणीय लोकेशन र कलाकार निकै शक्तिशाली छन् । करणले ‘कुछ कुछ होता है’, ‘माई नेम इज खान’ जस्ता धेरै सुपरहिट फिल्म बनाएका छन् ।
अनिल रविपुडी
अनिल दक्षिण भारतिय फिल्म उद्योगका चर्चित निर्देशक हुन् जसले अहिलेसम्म ६ वटा फिल्म बनाएका छन् र ती ६ वटै फिल्मले उत्कृष्ट कमाइ गरेका छन् । अनिलले तेलुगु सिनेमामा धेरै फिल्मको स्क्रिप्ट लेखन पनि गरेका छन् ।
प्रशान्त नील
प्रशान्त साउथ फिल्म इन्डस्ट्रीका निकै चर्चित निर्देशक बनेका छन् । फिल्म ‘केजीएफ’ अघि उनले खासै लोकप्रियता पाएका थिएनन् । तर जब उनले फिल्म बनाउन थाले तब देखि उनी ग्लोबल स्टार बने । उनको फिल्म ‘केजीएफ’ विश्वव्यापी रुपमा हिट भएको थियो ।
भेट्रिमारन वेत्रिमरण
भेट्रिमारन वेत्रिमरण दक्षिणी भारतिय फिल्म उद्योगका उत्कृष्ट निर्देशक हुन् जसले धेरै उदीयमान स्टारलाई फिल्ममा अवसर दिएका छन । उनी राम्रा निर्देशक मात्र होइन, राम्रा निर्माता पनि हुन जसले अहिलेसम्म ५ पटक राष्ट्रिय अवार्ड जितिसकेका छन्।
सन्दीप रेड्डी वांगा
सन्दीप वांगा रेड्डीले धेरै सुपरहिट फिल्म बनाएका छन् । तेलुगु भाषामा ‘अर्जुन रेड्डी’ र हिन्दीमा ‘कबिर सिंह’ उनको उत्कृष्ट चलचित्र मध्ये एक हो । यी दुवै फिल्मले बक्स अफिसमा ठूलो कमाइ गरेका थिए । यसका अतिरिक्त सन्दीप रणवीर कपूर अभिनित आगामी फिल्म ‘एनिमल’ का निर्देशक पनि हुन् ।
प्रतिक्रिया