बिहीबार, वैशाख ११, २०८२

महादेवलाई चढाइने भोग

नेपालखोज २०८० भदौ १ गते ५:००

बेलपत्र र जल चढाए महादेव प्रसन्न हुन्छन् । यद्यपि महादेवलाई खुसी तुल्याउन भोग चढाउने चलन पनि छ । साउनमा शिवजी लाइ भोग चढाउनुलाइ शुभ पनि मानिन्छ ।

पञ्चामृत

पञ्चामृत पाँच चिजको मिश्रणबाट तयार गरिन्छ । शिवलिंगको अभिषेक गर्दा पञ्चामृत चढाइन्छ । पञ्चामृत बनाउन एक कप काँचो दूधमा केहि सुक्खा फल, एक चम्चा घिउ, आधा चम्चा दही तथा मह हालेर घोल्नुपर्छ ।

सातु

यसलाई शिवजीलाई चढाउन तथा प्रसादका रुपमा बाँड्न तयार गरिन्छ । एक चम्चा घिउलाई कराहीमा तताएर आधा कप पीठो हाली भुट्नुहोस् र त्यसमा चिनी मिसाउनुहोस् । यसमा थोरै सुक्खा फल जस्तो किसमिस, छोकडा आदि मिसाउन सकिन्छ ।

दूध

दूध वा दूधबाट तयार पारिएको मिठाइ पनि भोगमा प्रयोग हुन्छ । दूध तथा दूधबाट बनेका चीजबिज भोलेनाथलाई निकै मन पर्छ भन्ने मान्यता छ ।

केसर

केसरलाई सीधैं वा दूध तथा कुनै मिठाईमा मिसाएर चढाउन सकिन्छ । शिवजीको पुजा गर्दा पनि केसर चढाइन्छ ।

चामल

महादेवलाई चामल चढाउँदा सुख(समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । त्यसैले शिवजीको कृपा प्राप्त गर्न भक्तहरु उनलाई चामल चढाउँछन् ।

प्रतिक्रिया