बिहीबार, वैशाख ११, २०८२

रुद्राक्षको उत्पति, प्रकार र लाभ

नेपालखोज २०८० भदौ २ गते ५:०६

काठमाडौं । रुद्राक्षको सम्बन्ध भगवान् शिवसँग छ । यसलाई निकै चमत्कारिक पनि मानिन्छ । भगवान् शिवको मन्त्र जपका लागि रुद्राक्षको माला नै प्रयोग गरिन्छ ।

रुद्राक्ष धारण गर्दा संकट समाधान हुनुका साथै दुख एवं ग्रह दोष हटने बिश्वास गरिन्छ । यसबाट सुख, समृद्धि, धन, सम्पति सबै प्राप्त गर्न सकिने मान्यता छ । यसलाइ धारण गर्ने पनि आफ्नै नियम छ ।

पौराणिक कथाअनुसार, एकपटक भगवान् शिव हजार वर्ष लाम‍ो साधनामा लिन थिए । एकदिन अचानक जब उनको आँखा खुल्यो तब आँसुको एउटा थोपा जमिनमा झर्यो । त्यसैबाट रुद्राक्षको उत्पत्ति भएको बताइन्छ । मानव कल्याणका लागि रुद्राक्ष चमत्कारी र प्रभावी मानिन्छ ।

रुद्राक्षका प्रकार

रुद्राक्षमा एकदेखि लिएर एक्काईसवटा सम्म मुख हुन्छ । यसमा ११ मुखे रुद्राक्षलाइ सर्वसिद्ध रुद्राक्ष मानिन्छ ।
-एकमुखे रुद्राक्ष : शिव स्वरुप
-दुईमुखे रुद्राक्ष : अर्धनारीश्वर स्वरुप
-तीनमुखे रुद्राक्ष : अग्नि एवं तेज स्वरुप
-चारमुखे रुद्राक्ष : ब्रह्म स्वरुप
-पाँचमुखे रुद्राक्ष : कालाग्नि स्वरुप
-६ मुखे रुद्राक्ष : भगवान् कार्तिकेय स्वरुप
-सातमुखे रुद्राक्ष : सप्तऋषिको स्वरुप
-आठमुखे रुद्राक्ष : अष्ट देवीको स्वरुप
-नौमुखे रुद्राक्ष : धन, सम्पत्ति, यश एवं कीर्ति का लागि धारण गरिन्छ ।
-दशमुखे रुद्राक्ष : नकारात्मक शक्ति बाट सुरक्षाका लागि
-एघारमुखे रुद्राक्ष : सर्वसिद्ध रुद्राक्ष , आत्मविश्वास वृद्धिका लागि
-बाह्रमुखे रुद्राक्ष : सफलताका लागि
-तेह्रमुखे रुद्राक्ष : सुखद वैवाहिक जीवनका लागि ।

प्रतिक्रिया