बिहीबार, वैशाख ११, २०८२

भान्साको चुलो राख्दा यो कुराको ख्याल राख्नुहोस्

नेपालखोज २०८० भदौ २ गते ५:१२

काठमाडौं । भनिन्छ जस्तो खाना खाइन्छ मन पनि त्यस्तै हुन्छ । यस्तै अर्को कुरा पनि प्रचलित छ – खाना पकाउँदा भान्छेको मनमा जुन भावना हुन्छ त्यही भावना खाना खाने व्यक्तिको मनमा पनि आउँछ । त्यसैले ज्योतिषशास्त्र अनुसार खाना पकाउनेले दिशालाई ध्यानमा राखेर खाना पकाउनु आवश्यक हुन्छ ।

चुलो वा ग्यास चुलोले परिवारको धन र समृद्धिको प्रतिनिधित्व गर्दछ, त्यसैले तिनलाई सधैं सफा राख्नुपर्छ अन्यथा समृद्धिमा नकारात्मक असर पर्न सक्छ भने यसको प्रभाव परिवारको स्वास्थ्यमा पनि पर्नेछ ।

यसको पनि राख्नुहोस् ख्याल

ग्यास चुलो वा चुलो आदि घरको मुख्य ढोका बाहिर देखिनु हुँदैन। यदि घरमा यस्तो छ भने त्यसलाई लुकाउन हल्का पर्दा लगाउनु राम्रो हुन्छ । भान्साकोठा कुनै पनि हालतमा शौचालयको माथि वा तल र सिँढी आदि तल बनाउनु हुँदैन। यस्तो भान्साले स्वास्थ्यमा नराम्रो असर मात्र पार्दैन धन हानि समेत गर्छ।

विशेष जानकारि : यो लेखमा दिइएको जानकारी परम्परा , पुराना ग्रन्थ तथा मान्यतामा आधारित छ । हामी यो पूर्ण रूपमा सत्य र सही छ भनी दाबी गर्दैनौं। कुनै पनि उपाय अपनाउनु अघि, सम्बन्धित क्षेत्रका विशेषज्ञको सल्लाह लिनु उपयुुक्त हुन्छ ।

प्रतिक्रिया