जय देवकोटाको ‘मन भाछ आज फुरुङ्ग’ सार्वजनिक (भिडियो)
नेपालखोज
२०८० भदौ २ गते १८:५८

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा जय देवकोटाले ‘मन भाछ आज फुरुङ्ग’ सार्वजनिक गरेका छन् । चर्चित लोक गायक तथा सङ्गितकार देवकोटाले शनिबार सबिना आचार्यको युट्युबमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।
गायिका रेजिना परियार र मिना लामाको आवाज रहेको गीतलाई देवकोटाले शब्द दिएका छन् । सबिना आचार्य र उषा सुबेदीले गीतमा अभिनय गरेका छन् भने उक्त गीतलाई प्रताप मर्दन बस्नेतले निर्देशन गरेका हुन् ।
‘मन भाछ आज फुरुङ्ग’मा कोरियोग्राफी मदन खड्काले गरेका हुन् भने छायांङ्कन बिरेन्द्र भट्टले गरेका छन् । तीजको अवसरमा दिदिबहिनि जम्मा भएर खुसी बाड्ने र पर्वलाई रमाइलो बनाउने प्रसङ्गमा उक्त गीतको कोरियोग्राफी र शब्द रचना भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया