वास्तु ज्ञान : यी हुन् घरबाट नकारात्मक ऊर्जा हटाउने उपाय !

काठमाडाैं । कुनै पनि वस्तु राख्न वा कुनै निर्माण गराउन वास्तुको सिद्धान्तको पालना गर्नु आवश्यक मानिन्छ । हाम्रो सम्पूर्ण घर पाँच तत्वले बनेको हुन्छ र त्यहाँ हरेक कुराको आ-आफ्नो दिशा हुन्छ। तै पनि घर बनाउँदा केही यस्ता गल्तीहरू हुन्छन् जसका कारण वास्तु दोष उत्पन्न हुन्छ । हेरौं घरबाट नकारात्मकता र वास्तु दोष हटाउने प्रभावकारी उपाय :
उत्तर पूर्वमा कलश
घरको उत्तर(पूर्व कुना ९ ईशान कोण ० मा कलश स्थापना गर्नुपर्छ । कलशलाई भगवान गणेशको स्वरूप मानिन्छ, यस्तो अवस्थामा भगवान गणेशको आशीर्वादले घरबाट नकारात्मक ऊर्जा हट्छ।
समुद्री नुनको प्रयोग
वास्तुशास्त्र अनुसार नुनमा घरको नकारात्मक उर्जालाई शोषण गर्ने गुण हुन्छ । घरको भुइँ पुछ्दा पानीमा अलिकति समुद्री नुन हालीदिने । बिहीबारको दिन भने यो उपाय अपनाउनु हुँदैन । सिसाको भाँडोमा समुद्री नुन राख्दा घरबाट नकारात्मकता हटछ ।
पञ्चमुखी हनुमानको चित्र
यदि घरको प्रवेशद्वार दक्षिण दिशामा छ भने घरको प्रवेशद्वारमा पञ्चमुखी हनुमानको तस्बिर राख्नुपर्छ । यसले धेरै लाभ मिल्नेछ र घरमा नकारात्मक ऊर्जाको बास हुनेछैन । यो एक धेरै शुभ र फलदायी उपाय हो । वास्तु दोष भएको ठाउँमा अलिकति कपूर राख्नसकिन्छ र यदि त्यो कपूर सकियो भने त्यहाँ फेरि कपूर थपिदिनुपर्छ । यसबाट धेरै लाभ मिल्नेछ र घरमा धन र अन्नको वृद्धि हुनेछ।
घडीको दिशा
वास्तु अनुसार घडीले दिशालाई ऊर्जावान बनाउँछ। त्यसैले घरका सबै घडीले काम गर्नुपर्छ । रोकिएका वा बन्द भएका सबै घडी घरबाट हटाइदिनु पर्छ किनभने त्यो ढिलाइ वा आर्थिक अवरोधको प्रतीक हो । घरका सबै घडी उत्तर वा उत्तर पूर्व दिशामा फर्कनुपर्छ ।
प्रियजनहरूको फोटो
बैठक कोठामा आफ्नो परिवारको तस्वीर राख्नाले सम्बन्धमा बल र सकारात्मकता आउँछ। यस्ता तस्विरलाई घरमा सकारात्मक उर्जाको संकेत मानिन्छ । पाहुनाहरूले ति तस्विर हेर्नुपर्छ। यसले घरमा सकारात्मक उर्जा कायम राख्छ ।
तुलसीको बोट रोप्ने
घरबाट नकारात्मक ऊर्जा हटाउन घरको पूर्व दिशामा तुलसीको बिरुवा रोप्न सकिन्छ । यसले आफुमा सकारात्मक उर्जा ल्याउन पनि मद्दत गर्नेछ भने नकारात्मकता हटाउन सफलता मिल्नेछ।
सुगन्धित धूप बाल्ने
कोठाबाट सबै प्रकारको नकारात्मक ऊर्जा हटाउन सुगन्धित अगरबत्ती र धूपहरू बाल्न सकिन्छ। यसबाट राम्रो निद्रा लाग्छ र सकारात्मक उर्जा पनि बढ्छ ।
घोडाको नालको प्रयोग
घोडाको नाललाई माथितिर देखाएर झुण्ड्याउनु पर्छ किनभने यसले सबै राम्रा ऊर्जाहरूलाई आकर्षित गर्ने र घरमा समावेश गर्ने विश्वास गरिन्छ। घोडाको नाल लगाउनाले घरमा धन पनि आकर्षित हुन्छ र सबै प्रकारको नकारात्मक ऊर्जाबाट मुक्ति प्राप्त हुन्छ ।
माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह / सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया