नेपाल वायुसेवा निगमले गर्याे साउदी अरेबियामा नियमित उडानको लागि टिकट बुकिङ खुल्ला
नेपालखोज
२०८० भदौ ३ गते ११:४८

काठमाडौं । नेपाल वायुसेवा निगमले यही भदौ २० गते अर्थात ०६ सेप्टेम्वर २०२३ देखि काठमाडौंबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान गर्ने गरी आईतबार टिकट बूकिङ्ग खुल्ला गरेको छ ।
उडान तालिका अनुसार काठमाडौं – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना निगमको रहेको छ ।
यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइटमा लगईन थरी अनलाईन वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सक्ने छन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास निगमले लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया