बिहीबार, वैशाख ११, २०८२

वास्तु ज्ञान : नागपञ्चमीमा भुलेर पनि नगर्नुहोस् यी काम

नेपालखोज २०८० भदौ ४ गते ६:००

काठमाडाैं । नागपञ्चमी आज मनाइँदै छ । नागपञ्चमीको दिन नाग देवताको पूजा गरिन्छ । हिन्दु पात्राेअनुसार नागपञ्चमी श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ । शास्त्रअनुसार यो दिन नागको पूजा गर्नाले अपार धन र मनोवान्छित फल प्राप्त हुन्छ ।

यस दिन गृहणिहरु नाग देवताको पूजा गरी सर्पलाई दूध चढाउँछन् । यससँगै महिलाहरूले आफ्नो परिवारको सुरक्षाको लागि पनि प्रार्थना गर्छन् । ज्योतिषीहरुका अनुसार नागपञ्चमीको दिन केहि गल्तीहरुबाट सावधानी अपनाउनुपर्ने हुन्छ ।

नागपञ्चमीको दिन कसैका लागि आफ्नो मुखबाट अपशब्द निस्काल्नु हुँदैन । यो धेरै गलत मानिन्छ ।

यस दिन जग्गा खन्ने वा खेत जोत्ने काम पनि अशुभ मानिन्छ ।

नागपञ्चमीको दिन धारिलो र चुच्चो वस्तुको प्रयोग गर्नुहुँदैन । मुख्यतया सुई र धागो प्रयोग गर्नु हुँदैन।

नागपञ्चमीको दिन चुलोमा खाना पकाउन तावा र फलामको प्यान प्रयोग गर्नु हुँदैन ।
यसो गर्नाले नाग देवतालाइ पीडा हुन सक्छ भन्ने मान्यता छ ।

नागपञ्चमीको दिन प्याज–लसुन तथा मासु–मदिरा सेवन गर्नु हुँदैन ।

प्रतिक्रिया