नेपालमा डुबेर हुने मानवीय क्षति कति ?
नेपालखोज
२०८० भदौ ५ गते १३:४२

काठमाडाैं । नेपालमा वार्षिक रूपमा औषतमा ३ सय ९६ जना व्यक्तिको डुबेर वा पानीजन्य विपद्ले गर्दा ज्यान जाने गरेको छ।
नेपालमा अषाढ देखि असोज महिनामा डुबेर वा पानीजन्य विपद्का कारणले गर्दा धेरै ज्यान जाने गरेको छ । आधा भन्दा बढी ५३.७% डुबेर ज्यान जाने घटना २५ वर्ष मुनिको समुहका हुने गरेका छन ।
डुबेर ज्यान जाने घटनामा महिलाको हकमा भन्दा पुरुष ३ गुणा बढी जोखिममा रहेको तथ्याङ्कले देखाउँछ । अधिकांश घटना पौडी खेल्ने क्रममा, नुहाउने क्रममा खोला/ नदी तर्ने क्रममा, आत्महत्याका कारण हुने गरेको छ ।
श्रोत : नेपाल प्रहरी
सम्बन्धित
प्रतिक्रिया