बिहीबार, वैशाख ११, २०८२

शिवजीका तीन छोरीको रहस्य !

नेपालखोज २०८० भदौ ८ गते ५:४१

काठमाडाैं । शिव पुराण १८ मुख्य पुराणहरू मध्ये एक हो । यो पूर्णतया भगवान् शिवका कथा र उनीसँग सम्बन्धित घटनाहरूमा आधारित छ । शिव पुराणले भगवान् शिवको तपस्वी, सन्यासी रुपदेखि लिएर गृहस्थ जीवनमा प्रवेश गर्ने यात्रासम्मलाई धेरै सुन्दर र विस्तृत रूपमा चित्रण गरेको छ । यसमा भगवान शिवको बुवा र श्री मानको भूमिका पनि उल्लेख छ ।

शिवका छोरीहरू

सामान्यतया हामी भगवान शिवका दुई छोरा भगवान गणेश र कार्तिकेयको नामसँग मात्र परिचित छौं । हामीले उनीहरूसँग सम्बन्धित कथाहरू पनि सुन्न पाएकाछौं । जबकि शिवका छोरा मात्र नभएर छोरीहरू पनि थिए भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ । हेरौं शिवजिका छोरिहरूको नाम र उनीहरूसँग सम्बन्धित जानकारी :

अशोक सुन्दरी

गुजरात र आसपासका क्षेत्रका व्रत कथाहरूमा शिवकी छोरी ‘अशोक सुन्दरी’को उल्लेख छ । शिवजिकी छोरी अशोक सुन्दरीको उल्लेख पद्म पुराणमा पनि पाइन्छ । देवी पार्वती आफ्नो एक्लोपन र दुस्खबाट छुटकारा पाउन चाहन्थिन्, त्यसैले अशोकको रुखबाट उनले छोरी उत्पत्ति गरेकी थिइन् जो धेरै सुन्दर थिइन् । त्यसैले उनको नाम अशोक सुन्दरी राखिएको हो । महादेवले आफ्ना छोरा भगवान् गणेशको टाउको काट्दा अशोक सुन्दरी नुनको बोराको पछाडि लुकेर बसेकि थिइन् । त्यसैले नुनबिना खाना नमिठो हुने गरी उनको सम्बन्ध जोडिएको छ । अशोक सुन्दरीको पूजा गर्दा सौन्दर्य र वैभव प्राप्त हुन्छ भन्ने मान्यता छ ।

ज्वाला

भगवान् शिवको आभाबाट उत्पत्ति भएकी भगवान शिवकी छोरी ज्योतिको पूजा भारतको तमिलनाडुका शिवमन्दिरहरूमा विभिन्न अवसरहरुमा गरिन्छ । अर्को पौराणिक कथा अनुसार भगवान शिवकी छोरी ज्योतिको जन्म आभाबाट नभई आगोको झिल्काबाट भएको हो ।

मनसा अथवा वासुकी

बंगालको लोककथामा शिवकी छोरी मनसाको उल्लेख छ जसलाई वासुकी नागकी बहिनी पनि मानिन्छ । पौराणिक कथा अनुसार, शिवको वीर्यले कद्रु (नागकी आमा) द्वारा बनाईएको मूर्तिलाई छोएपछि वासुकी वा मनसाको जन्म भएको थियो । उनलाई शिवकी छोरी भनिन्थ्यो तर आमा भने पार्वती होइनन् ।

जब भगवान् शिवले समुद्र मन्थनका क्रममा हलाहल विष पिए तब मनसाले उनलाई सहयोग गरिन । त्यहीँ समयमा मनसाले आफू शिवकि छोरी भएको कुरा बताएकि थिइन तर भगवान् शिवले उनलाई स्वीकार गरेनन् । कथा अनुसार बाबुको अस्वीकृतिका कारण मनसा निक्कै रिसाएकी थिइन् । पार्वतीबाट पनि स्नेह नपाएपछि उनमा घृणा उत्पन्न भयो । बंगालका मन्दिरहरूमा मनसादेवीको तस्विर वा मूर्ति बिना नै पूजा गरिन्छ । सामान्यतया मनसादेवीको प्रतीकका रूपमा माटोको सर्प, माटोको भाँडा वा रुखको हाँगाको पूजा गरिन्छ ।
वर्षा ऋतु

बंगालमा मनसा देवीका आस्थावानहरूले वर्षाको समयमा उनको पूजा गर्छन् किनभने यो त्यही समय हो जब सर्पहरू सक्रिय हुन्छन् । यिनको पूजा गर्नाले सर्पको विष शरीरमा प्रवेश गर्दैन र बिफर जस्ता रोग नलाग्ने जनविश्वास छ ।

प्रतिक्रिया