के हो मिडलाइफ क्राइसिस ?

काठमाडाैं । हरेक व्यक्तिको जीवनमा यस्तो अवस्था पनि आउँछ जहाँ उनीहरुसँग पैसा, जागिर, परिवार र लगभग सबै सुखसुबिधा हुन्छ तर पनि उनीहरुलाई सबै कुरा रित्तो /रित्तो, खाली/खाली लाग्छ । यति बेला उनीहरुमा असुरक्षा र डरको भावना पनि बढ्न थाल्छ, जसलाई मिडलाइफ क्राइसिस नाम दिइएको छ ।
३५ देखि ६५ वर्षको उमेरमा किन आउँछ मिडलाइफ संकट ?
सबैको जीवनमा यस्तो मोड आउँछ जहाँ उनीहरु खुसी हुन्छन् तर जीवनमा अप्रत्याशित परिवर्तन आएपछि मन आत्तिन्छ । सबै कुराका बावजुद उनीहरूले आफू भित्र एक किसिमको खालीपन महसुस गर्छन् । यतिबेला चिन्ता, समस्या र भविष्यको डर मनमा आइरहन्छ ।
जीवनको यो मोडमा आएपछि उनिहरुले आजसम्म कमाएका सारा सुख/ सुविधाले उनिहरुलाई अपेक्षा गरे अनुरुपको मानसिक सन्तुष्टि दिन सक्दैनन् । यो ३५ देखि ६५ वर्षका अधिकांश मानिसमा हुने कुरा हो । मनोवैज्ञानिकहरू यसलाई ‘मिडलाइफ क्राइसिस’ भन्छन् । अध्यात्ममा यसलाई ‘विकासात्मक संकट’ वा ‘अस्तित्वको संकट’ भनिन्छ।
हामी किन ‘मिडलाइफ संकट’ महसुस गर्छौं ?
मिडलाइफ क्राइसिस अनुभव हुनुका धेरै कारण छन्, तर सबैभन्दा महत्त्वपूर्ण र डरलाग्दो कारण भनेको बुढ्यौली र मृत्युको डर हो । यस बाहेक मानिसहरु यो युगमा धेरै परिवर्तनहरु संग पनि संघर्ष गरिरहेका छन्, जसका कारण उनीहरुलाई आफ्नो खुशी र जीवन अर्थहीन लाग्छ ।
यो उमेरमा कोही सम्बन्धविच्छेद गरेर एक्लो जीवन बिताइरहेका हुन सक्छन्, कोही स्वास्थ्यसँग लडिरहेका हुन सक्छन्, कसैको आमाबुवा गुमाएका हुन सक्छन्, कसैको उत्पादकत्व घटेको हुन सक्छ, कसैको करियर स्थिर नभएको हुन सक्छ भने कसैको जिम्मेवारी बढेको हुन सक्छ ।
हामी किन ‘मिडलाइफ क्राइसिस’ महसुस गर्छौं ?
जबसम्म मानिस युवा हुन्छ तब उसले समयको वास्ता गर्दैन । यद्यपि यो उमेरमा पुगेपछि छिटोछिटो बितिरहेको समयले मानिसलाई तर्साउन थाल्छ अनि भविष्यको लागि मनमा एक प्रकारको घबराहट उत्पन्न हुन्छ, जसले चिन्ता, डिप्रेसन, चिडचिडापन जस्ता धेरै मानसिक समस्याहरूलाई जन्म दिन्छ । कतिपय मानिस जीवनको यो चरणमा आफ्नो पहिचान र लक्ष्यका बारेमा समेत चिन्तित हुन्छन् ।
मिडलाइफ क्राइसिसका लक्षण
पुरुष र महिलामा मिडलाइफ क्राइसिसका विभिन्न लक्षण हुन्छन् र यो उनीहरूको फरक मानसिक अवस्था, जीवनमा फरक भूमिका र प्राथमिकताहरूका कारणले निर्धारण गरेको हुन्छ । वैवाहिक जीवनप्रतिको चासो हराएर पुरुष बोरियतसँग लडिरहेका छन् ।
युवावस्थामा पाएका अवसर गुमाएकोमा गहिरो दुस्ख र पश्चातापको अनुभूति हुँदा र अरुको प्रगति देखेर असुरक्षा र आक्रोशको भाव पनि गहिरो हुन्छ । त्यसैले उ सधैं आफ्नो भविष्यका बारेमा चिन्तित र बेचैन हुन्छ। उसको व्यवहार धेरै आवेगजनक अनि असन्तोषी रहन्छ। धेरै मानिसहरु आफ्नो तनाव कम गर्न यो उमेरमा धेरै खराब बानीको सिकार हुन्छन् ।
अर्कातर्फ, मिडलाइफ क्राइसिसमा महिलाहरू चिन्ताको (एन्जायटी) शिकार बन्छन् । उनीहरुमा आफ्नो अस्तित्वको पहिचानलाई लिएर आन्तरिक संघर्ष सुरु हुन्छ र परिस्थिति निकै बदलिएको देखेर असुरक्षाको भावना व्याप्त हुन्छ ।
मध्य उमेरको संकट कति समय लामो हुन्छ ?
मिडलाइफ क्राइसिसको समय सीमा प्रत्येक व्यक्तिको चेतना अनुसार तय हुन्छ। एक अनुसन्धान अनुसार केहि मानिस आफ्नो बढ्दो उमेरमा आफुलाइ यति कमजोर महसुस गर्छन् कि उनीहरु जीवनभर यो संकटसँग संघर्ष गर्छन् किनभने उनीहरु सधैं मृत्युको डरमा हुन्छन् । जे होस यो सामान्यतया ४ देखि १४ वर्षसम्म मानिसहरू यो संकटबाट गुज्रिएको पाइन्छ । यदि कोही जतिसक्दो चाँडो यसबाट बाहिर निस्कन चाहन्छ भने उसले अध्यात्म र अन्य प्रयासको सहयोग लिन सक्छ ।
प्रतिक्रिया