कलिउडबाट बलिउडमा बरालको कदम

काठमाडाैं । उसो त पर्दामा देखिनेहरुमात्र दर्शकको मन–मुटुमा बस्ने गर्छन् र सबैको प्रिय पनि हुन्छन् । हीरो, हीरोइन, स्टार, सुपरस्टार र मेघास्टार जस्ता उपाधी पाउने गर्छन । अनि समाजका ऐना र देशका कलाकारको रुपमा चिनिन्छन् । तर अचम्मको कुरा, पर्दामा देखिने स्टारहरुलाई बहुचर्चित बनाउने पर्दा पछाडीका हिरोहरु भने दर्शकमाझ खासै परिचीत हुँदैनन् ।
उनिहरु दर्शकमाझ सुन्दर भिडियो कसरी पुर्याउने ? कसरी कलालाई आकर्षक बनाउने भन्नेमा केन्द्रित हुन्छन् । न चर्चाको लालच, न दर्शकको प्रेमको आश । उनिहरु आफ्नो कामलाई सुन्दर स्वरुप दिनमै व्यस्त हुन्छन् । साँच्चै उनिहरु आफ्नो कामसँग मात्र मोह राख्छन् । त्यसैले त हामीहरु उनिहरुलाई पर्दा पछाडिको हिरो भनेर चिन्छौँ ।
हो, यस्तै पर्दा पछाडिका हिरो हुन् चक्रबहादुर बराल उर्फ ‘बासु’ । सिन्धुली गोलन्जोर गाउँपालिका–५ मा जन्मिएका बासु एक दशकदेखि चलचित्र क्षेत्रमा छन् । केयर टेकरका रूपमा चलचित्र क्षेत्रमा कदम राखेका बासुले १२ सयभन्दा बढी म्युजिक भिडियो र तिन भन्दा माथि चलिचत्रमा आफ्नो जादुमय क्रियसन दर्शकमाझ पस्किसकेका छन् ।
एक दशकदेखि निरन्तर यस क्षेत्रमा जमेका बासुले थुप्रै गीतका भिडियोबाट कुशल छायाँकारको छवि निर्माण गर्नुको साथै यस दौरान उनले विन्दास–३, फुर्के, डिल्लीराम जस्ता चलचित्रमा आफ्नो कौशल देखाइसकेका छन् ।
निरन्तर चलचित्र क्षेत्रमा लागेका बरालले विभिन्न मान–सम्मान र अवार्ड प्राप्त गरिसकेका छन् । एपिक अवार्ड, साधना म्युजिक अवार्ड, छायाँ छवि तीज अवार्ड, नेशनल पावर न्युज अवार्ड जस्ता थुप्रै प्रसिद्ध अवार्डहरु प्राप्त गरिसकेका छन् । यस्ता अवार्डहरु प्राप्त गर्दा आफूलाई अझ जिम्मेवारी बोध हुने र अझ उत्कृष्ट काम गर्न मन लाग्ने उनि बताउँछन् ।
प्रसिद्धि, प्रतिष्ठा र पारिश्रमिकका आकर्षणकै कारण बलिउड भारत मात्र नभएर सम्पूर्ण दक्षिण एसियाली मुलुकका प्रतिभावान् तथा महत्वाकांक्षी कलाकारको गन्तव्य हो । ‘तेरी मेरी दास्तान’ नामक म्युजिक भिडियोबाट बलिउडमा कदम राखेका बरालले टिमवर्क बाट मात्रै नजिता राम्रो आउने विश्वास व्यक्त गरे । सवैले आ–आफ्नो ठाउँबाट आ–आफ्नो भुमिका निर्वाह गरे मात्रै चलचित्र क्षेत्र सशक्त रुपमा अगाडि बढ्न सक्ने बताए ।
सम्रग चलचित्र क्षेत्रलाई राम्रो बनाउनको लागि नातावाद/कृपावादलाई होईन ज्ञान र सिप भएका क्षमतावान व्यक्तिलाई अवसर र प्राथामिकता दिनुपर्ने सोचको विकास हुन आवश्यक रहेको बरालको भनाई छ । निर्देशकको कन्सेप्टलाई बुझेर सहि तरिकाले त्यसलाई पर्दामा उतार्न सक्ने खुबी सिनेमेटोग्राफरमा हुनैपर्ने बराल बताउँछन् ।
प्रतिक्रिया