मंगलबार, वैशाख ९, २०८२

कसको भ्यानिटी कस्तो ?

नेपालखोज २०८० भदौ ८ गते १७:३३

काठमाडाैं । बलिउडमा भ्यानिटी वाक दशकौं पुरानो कुरा भैसकेको छ जसलाई उतिबेला स्टेटस सिम्बल मानिन्थ्यो तर अहिले यो स्टारहरुको आवश्यकता बनिसकेको छ । बलिउडमा यस्ता धेरै सेलेब्स छन् जसको भ्यानिटी महल भन्दा कम छैन ।

शाहरुख खानसँग विलासी भ्यानिटी

शाहरुख खानको भ्यानिटी निकै आधुनिक र प्रविधिले सुसज्जित देखिन्छ । कयौं अवसरमा शाहरुखको भ्यानिटीका तस्बिरहरु आइरहेका हुन्छन् । यसैगरी यो निकै महँगो पनि मानिन्छ।

भ्यानिटी सलमान खानको दोस्रो घर

सलमान खानको भ्यानिटीलाई उनको दोस्रो घर भन्दा गलत हुनेछैन किनभने उनी घरमा भन्दा बढि समय भ्यानिटी मै बिताउँछन्। समय मिल्ने बित्तिकै उनी यहाँ आराम पनि गर्छन् र राति अबेरसम्म सुटिङ भए घर जानुको सट्टा भ्यानिटीमै सुत्छन् ।

अल्लु अर्जुनसँग सबैभन्दा महँगो भ्यानिटी

अल्लु अर्जुनको भ्यानिटीको चर्चा सबैभन्दा बढी हुन्छ । भनिन्छ यी सुपरस्टारसँग सबैभन्दा महँगो भ्यानिटी छ जसमा सबै सुविधा छ । यसको मूल्य सबा ११ करोड रुपैयाँ भएको बताइन्छ । यो भ्यानिटी एकदमै आधुनिक छ जसमा प्रविधिको विशेष ख्याल राखिएको छ।

विलासी भ्यानिटीका मालिक

महेश बाबु साउथका ती स्टार हुन् जसले बलिउडमा काम गर्न अस्वीकार गरेका छन् र साउथमा उनको स्टारडम सबैलाई थाहा छ । उनी सुपरस्टार हुन् र उनको ठाट पनि कसैभन्दा कम छैन । यो कुरा उनको भ्यानिटी हेर्दा पनि सत्य साबित हुन्छ।

शिल्पा शेट्टीको भ्यानिटी अलग किसिमको

शिल्पा शेट्टीको भ्यानिटी सबैभन्दा विशेष र फरक छ। सबैलाई थाहा छ शिल्पा फिटनेस फ्रिक हुन्, त्यसैले उनले आफ्नो भ्यानिटीको छतमा वर्कआउट एरिया बनाएकी छिन् र आफ्नो व्यस्तताबाट मुक्त हुनेबित्तिकै उनि वर्कआउट गर्ने मौका छोडदिनन् ।

कट्रिना कैफको ठाट

कट्रिना कैफ बलिउड सुपरस्टार हुन् । त्यही भएर उनी रानीको भन्दा कम जीवन जिउदिनन । कट्रिना कैफ पनि भ्यानिटी प्रयोग गर्छिन् जुन भित्रबाट भब्य देखिन्छ।

सबैभन्दा स्टाइलिश भ्यानिटी

अजय देवगनको भ्यानिटीलाई सबैभन्दा स्टाइलिश भ्यानिटी मान्दा गलत हुनेछैन। यो बाहिरबाट जति डिजाइनर छ, भित्रबाट पनि उत्तिकै विलासी छ। अजय देवगनसँग बलिउडको सबैभन्दा विलासी भ्यानिटी छ।

आलिया भट्टको रंगीन भ्यानिटी

आलिया भट्ट पनि रंगीन भ्यानिटी प्रयोग गर्छिन्। रंगीन किनभने उनको व्यस्ततामा धेरै रंग देखिन्छन् । उनको भ्यानिटी पनि निकै विलासी रहेको छ, जसमा हरेक सुविधाको पूर्ण ख्याल राखिएको छ ।

प्रतिक्रिया