बिहीबार, वैशाख ११, २०८२

मिडलाइफ क्राइसिसबाट कसरी बाहिर निस्कने ?

नेपालखोज २०८० भदौ ९ गते ७:०३

काठमाडाैं । यदि सकारात्मक दृष्टिकोणबाट हेर्ने हो भने मिडलाइफ क्राइसिस मानिसको जीवनमा परिपक्वता ल्याउने एउटा ट्रिगर बिन्दु पनि हो किनभने हामि आफ्नो जीवनमा कमी महसुस नगरेसम्म नयाँ कुरा खोज्नेतर्फ उन्मुख पनि हुँदैनौं ।

यो संकटको समयमा धेरै मानिसहरूले आफ्ना कमि कमजोरीमा काम गर्छन्, आफ्नो जागरुकता र चेतनाको स्तर बढाउन तर्फ लाग्छन् अनि यसबाट बाहिर आएपछि अधिक राम्रो र सन्तुष्ट जीवन बिताउँछन् ।

यी सबैमा अध्यात्मको ठूलो भूमिका हुन्छ । अध्यात्मले हामिलाई यो संकटको कारण बुझ्न र यसबाट बाहिर आउन मद्दत गर्दछ । अध्यात्मले कसरी मद्दत गर्छ त ?

१ मिडलाइफ क्राइसिस भनेको आफ्नो अस्तित्वको संकटलाई जित्ने लडाइँ हो। यो लडाईमा हाम्रो भावना र पहिचान सबैभन्दा बढी प्रभावित हुन्छ । अध्यात्ममा ध्यान र माइन्डफुलनेसको मद्दतले हामि आफ्ना भावनाहरूलाई स्थिर गर्न मात्र होइन आफ्नो लक्ष्य प्राप्त गर्न पनि सफल हुन्छौं । लक्ष्य प्राप्त गरेपछि भविष्यको शंका र चिन्ताहरू पनि समाप्त हुनेछन ।

२ जीवनको यो चरणमा दिमाग अप्रत्याशित परिवर्तनहरूबाट सबैभन्दा डराएको र विचलित हुन्छ। यी परिवर्तन हाम्रो नियन्त्रणमा हुँदैनन् । अध्यात्मले हामिलाई यी परिवर्तनहरू स्वीकार गर्न र तदनुसार अघि बढ्न सिकाउँछ ।

३ यो चरणमा धेरै नकारात्मक भावनाहरू पनि दिमागमा प्रवेश गर्छन र मन अनेकन विकारले ग्रस्त हुन्छ । यसका अलावा शारीरिक स्वास्थ्य कमजोर हुनु पनि बेचैनीको कारण बन्छ । यस्तो अवस्थामा योग र ध्यानको सहयोगले मानसिक स्वास्थ्यका साथै शारीरिक स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ । योगले हामिलाई खराब बानीबाट पनि टाढा राख्छ।

जीवनमा ऊर्जाको अनुभूति भइरह्यो भने मनको डर पनि हट्छ । आफ्नो डरका बारेमा मानिसहरु सँग कुरा गरेर , प्रकृति नजिक गएर वा डायरि लेखेर पनि हामि सहज महसुस गर्न सक्छौं । हामीले के बिर्सनु हुँदैन भने हामी अझै जिउँदै छौ र मृत्यु अघि मृत्युका बारेमा सोच्नु जिउँदै मर्नु जस्तै हो । यो भन्दा राम्रो काम हामीले त्यो काम गर्नु हो जसले हामीलाई सधैं जिवन्त राख्छ ।

प्रतिक्रिया