आइतबार, वैशाख ७, २०८२

पर्यावरण : जलवायु परिवर्तनको कारण !

नेपालखोज २०८० भदौ ९ गते ७:१३

काठमाडाैं । विज्ञहरूका अनुसार मौसम र समुद्रमा हुने बातावरणिय घटनालाई जलवायु परिवर्तनसँग सीधै जोडेर हेर्न गाह्रो छ किनभने यी कुरा निकै जटिल छन् । यस सम्बन्धमा धेरै अध्ययनहरू भैरहेका छन् तर वैज्ञानिकहरूले भनेका छन्- उनीहरूलाई डर छ कि संसारको अगाडि धेरै डरलाग्दो दृश्यहरू आउँदैछन् ।

लन्डन स्कूल अफ इकोनोमिक्सका वातावरणीय भूगोलविद् डा । थोमस स्मिथ भन्छन्- मलाई अन्य कुनै यस्तो घटना वा समयका बारेमा जानकारि छैन जब जलवायु प्रणालीका सबै भागहरूले रेकर्ड स्तरमा कुनै न कुनै प्रकारको प्रकोपको सामना गरिरहेका थिए । इम्पेरियल कलेज लन्डनमा जलवायु विज्ञान पढाउने डा । पाओलो सेप्पी भन्छन् – जीवाश्म इन्धन र एल निनो ९२०१८ देखि जलवायु परिवर्तनको प्राकृतिक प्रक्रिया०का कारण हुने ग्लोबल वार्मिङका कारण पृथ्वी अब कुनै अज्ञात क्षेत्रमा प्रवेश गरेको देखिन्छ ।

यो गर्मीमा हालसम्म मौसमको रेकर्ड चार पटक तोडिएको छ- जुलाई सबैभन्दा तातो दिन थियो, जुन विश्वव्यापी रूपमा सबैभन्दा तातो महिना थियो, महासागरहरूमा चरम गर्मीको लहर र अन्टार्कटिक समुद्री बरफमा रेकर्ड कमी थियो । हाम्रा लागि मौसममा यी परिवर्तनहरूका संकेत के हुन् र तिनले पृथ्वी र मानव भविष्यलाई कुन हदसम्म असर गर्न सक्छन् ।

यस पटक विश्वमा जुलाई महिनामा अहिलेसम्मकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको थियो । यसले सन् २०१६ मा बनाइएको विश्वव्यापी औसत तापक्रमको कीर्तिमान पनि तोडेको छ । युरोपेली संघको जलवायु अनुगमन एजेन्सी कोपर्निकसका अनुसार यो वर्षको जुलाई ६ मा विश्वको औसत तापक्रम १७।०८ डिग्री सेल्सियस पुगेको छ । ग्लोबल वार्मिङका कारणमा तेल, कोइला र ग्याँस जस्ता जीवाश्म इन्धनहरू जलाउने उत्सर्जन प्रमुख छन् ।

इम्पेरियल कलेज लन्डनका जलवायु वैज्ञानिक डा. फ्रेडरिक ओट्टो भन्छन् – हरितगृह ग्यासका कारण पृथ्वीको तापक्रममा यस प्रकारको पूर्वानुमान पहिले नै गरिएको थियो । डा. फ्रेडरिकका अनुसार यो प्रवृत्तिको बृद्धिमा शतप्रतिशत मानिसको हात छ । डा. थोमस स्मिथ भन्छन् – हामी अहिले नै गर्मिको रेकर्ड तोडिएको देखिरहेका छौं । अहिले त गर्मि महिना पनि पूरा भएको छैन । मलाई यहि कुरामा आश्चर्य छ ।

सामान्यतया विश्व स्तरमा एल–निनो प्रक्रियाको प्रभाव सुरु भएको पाँच–छ महिनासम्म देखिँदैन । एल-निनो विश्वको सबैभन्दा शक्तिशाली प्राकृतिक रूपमा हुने जलवायु परिवर्तनको प्रक्रिया हो । उष्णकटिबंधीय प्यासिफिकमा यो प्रक्रियाले समुद्रको सतहको पानी तताउँछ जसले गर्दा तातो हावा वायुमण्डलमा सर्छ । यो प्रक्रियाले विश्वव्यापी स्तरमा वायुमण्डलको तापक्रम बढाउँछ ।

यो वर्षको जुन महिनामा विश्वको औसत तापक्रम पूर्वऔद्योगिक युगको जुन महिनाको तापक्रमको तुलनामा १.४७ डिग्री सेल्सियस बढी थियो । १८०० को आसपासमा औद्योगीकरण सुरु भयोे त्यसपछि मानिसहरूले लगातार ठूलो मात्रामा हरितगृह ग्यासहरू वायुमण्डलमा छोड्दै आएका छन् । २०२३ को गर्मीमा के हुन्छ भन्ने कुराको भविष्यवाणी एक दशक पहिले नै गरिएको थियो ?

यो प्रश्नको जवाफमा, डा. स्मिथ भन्छन्- जलवायु पूर्वानुमान गर्न प्रयोग गरिएका मोडलहरू दीर्घकालीन प्रवृत्तिहरू अनुमान गर्न प्रभावकारी छन् तर १० वर्षमा हुने परिवर्तनलाइ सही रूपमा अनुमान गर्न सक्दैनन् । उनी भन्छन्, सन् १९९० को मोडल अनुसार हामी आज जहाँ छौं, त्यो धेरै छ तर आगामी १० वर्षमा अवस्था कस्तो हुन्छ भन्ने सही मूल्याङ्कन गर्न निकै गाह्रो छ। उनी भन्छन्, बढ्दो गएको यो तापक्रम घट्दै जान्छ जस्तो लाग्दैन ।

प्रतिक्रिया