रुद्राक्ष महिमा !

आध्यात्मको संसार ईश्वरको उपासनामा मात्र सीमित छैन यो कैयन् वैज्ञानिक महत्त्वका कुरासँग पनि गाँसिएको छ । उदाहरणका लागि निधारमा चन्दन लगाउँदा मस्तिष्क ठन्डा रहन्छ भने मन्दिरमा बालिने दियोले आसपासका किटाणु नष्ट हुन्छन् । यही कडीमा रुद्राक्ष पनि सामेल छ जसलाई मानिसहरु मन शान्त राख्न धारण गर्दछन् ।
पुराणहरुमा उल्लेख भएअनुसार रुद्राक्ष भगवान् शिवको अंश भएका कारण शुद्ध हुन्छ । मनको शान्ति र रिस माथि नियन्त्रणका लागि रुद्राक्ष धारण गर्ने सल्लाह दिइन्छ । रुद्राक्ष धारण गरेपछि यसलाई पवित्र राख्नु पनि उत्तिकै जरूरी छ । रुद्राक्ष धारण गरेर केही काम गरे यो अपवित्र हुने मान्यता छ र यसको परिणाम उल्टो पनि हुन्छ । त्यसैले यसको धारण सम्बन्धि केही नियम छन् जसको पालना अनिवार्य छ ।
यति बेला नलगाउनु रुद्राक्ष धूमपानका साथै मदिरा सेवन गर्दा तथा मासु खाँदा रुद्राक्ष लगाउनु हुँदैन । यसको परिणाम नोक्सान दायक हुनसक्छ । सुत्दा पनि नलगाउनु धार्मिक मान्यताअनुसार सुतेपछि शरीर अशुद्ध हुन्छ जसको असर रुद्राक्षको शुद्धतामा पनि पर्छ । त्यसैले सुत्नु पहिले रुद्राक्ष उतारेर मात्र सुत्नुपर्छ । रुद्राक्षलाई तकियामुनि राख्दा मन शान्त रहनुका साथै नराम्रो सपना पनि देखिँदैन ।
शवयात्राबाट परै होस् रुद्राक्ष जानकारीको अभावमा केही मानिस रुद्राक्ष लगाएर शवयात्रा वा श्मशानघाट पुग्छन् । यसबाट रुद्राक्ष अशुद्ध हुन्छ जसको नकारात्मक असर यसलाई धारण गर्ने व्यक्तिको जीवनमा समेत पर्छ । नवजात शिशु र आमाबाट टाढै रहोस् रुद्राक्ष लगाएर नवजात शिशु र सुत्केरी आमाको सम्पर्कमा जानु हुँदैन । त्यस्तो अवस्थामा रुद्राक्ष खोल्नुपर्छ । शिशुको नामकरणपछि भने यो नियम लागु हुँदैन ।
महाशिवरात्रिमा राशिअनुसार रुद्राक्ष धारण महाशिवरात्रि फागुन माहिनाको कृष्ण पक्षको चतुर्दशीका दिन महापर्वका रूपमा मनाइन्छ । त्यसो त हरेक महिनाको कृष्ण चतुर्दशीका दिन मासिक शिवरात्रि मनाउने चलन पनि छ ।भगवान शिवलाइ प्रसन्न तुल्याउन महाशिवरात्रिको दिन लाइ खास मानिन्छ । यो दिन भगवान शिव तथा माता पार्वतीको विशेष पुजा गर्दा साधकलाइ विशेष फल प्राप्त हुन्छ । सालभरका लागि महादेवको कृपा प्राप्त गर्न महाशिवरात्रिका दिन भगवान शिवको महाप्रसाद रुद्राक्ष विधि(विधान पुर्वक धारण गर्नुपर्छ ।
रुद्राक्षको धार्मिक महत्त्व भगवान् शिवको कृपा प्राप्त गर्न उनलाइ कैंयन् कुरा अर्पित गरिन्छ । यसक्रममा रूद्राक्ष धारण को आफ्नै महत्त्व छ । भनिन्छ रुद्राक्ष धारण गरे रोग, शोक तथा भय दुर हुन्छ । त्यसका अतिरिक्त व्यक्तिको जीवनमा सुख/समृद्धि एवं सौभाग्य प्राप्त हुन्छ । भगवान् शिवको आँसुबाट निर्माण भएको मानिने रुद्राक्षमा कुनै पनि व्यक्तिको दुर्भाग्यलाई सौभाग्यमा बदल्ने शक्ति हुन्छ ।
प्रतिक्रिया