वास्तु ज्ञान : घरमा यी चिज नराख्नुस् !

काठमाडाैं । पारिवारिक जीवनमा बस्ने व्यक्तिहरूले घरमा २ शुभ चिज कहिल्यै राख्नु हुँदैन । यी चीजहरू घरमा राख्नाले कठिनाइ बढ्न सक्छ ।
शालिग्राम
सद्गुरु भन्नुहुन्छ – शालिग्राम एक विशेष प्रकारको ढुङ्गा हो, जुन दुर्लभ छ । सामान्यतया मानिसहरुले यसलाई घरमा राखेर पूजा गर्छन् । शालिग्रामलाई श्रीहरि भगवान् विष्णुको रूप पनि मानिन्छ । चाडपर्वमा यसको विधिवत पूजा गर्ने चलन छ । समुद्रको किनारमा पाइने ढुंगालाई शालिग्राम भनेर बेच्ने गरिको सद्गुरुले बताउनुभएको छ ।
बजारमा जुनसुकै कालो ढुङ्गालाई शालिग्राम भनेर बिक्री गरिन्छ । वास्तवमा त्यो शालिग्राम होइन। तिनमा कुनै विशेष गुण हुँदैन । असली शालिग्राम पाइए पनि यसलाई राख्ने सहि तरिका थाहा पाउनुपर्छ, अन्यथा कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ । जुन घरमा शालिग्राम राखिन्छ, त्यहाँ पवित्रताको विशेष ख्याल राखिन्छ। यस्तो घरमा मासु, मदिरा आदि सेवन गर्नु हुँदैन ।
एक मुखे रुद्राक्ष
मानिसहरुबीच एकमुखे रुद्राक्ष धारण गर्ने प्रतिस्पर्धा नै छ । यद्यपि प्रत्येक व्यक्तिले एकमुखे रुद्राक्ष धारण गर्नु हुँदैन। यो वास्तविक आध्यात्मिक प्रक्रिया होइन। यो केवल प्रतीक मात्र हो। सबै कुरालाई पवित्र र श्रेष्ठ मान्न छोड्नु नै उपयुक्त हुन्छ ।
यसलाई मात्र लगाउनुपर्छ जब आफ्नो जीवन कुनै लक्ष्य र संकल्पमा आधारित हुन्छ। गृहस्थहरुले एकमुखे रुद्राक्ष घरमा राख्नुहुँदैन ।
माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह / सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया