सोमबार, वैशाख ८, २०८२

राष्ट्र बैंकले पुनः गर्‍याे १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी आह्वान

नेपालखोज २०८० भदौ १० गते १९:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने भदौ १२ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब र ९१ दिने अवधिको सात अर्ब १३ करोड रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि टे«जरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० असोज ९ गते र २०८० मंसिर १२ गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि भदौ चार गते पनि राष्ट्र बैकले छ अर्ब २३ करोड ३२ लाख रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया