राष्ट्र बैंकले गर्याे चालु पुँजी कर्जा सम्बन्धी व्यवस्था संशोधन
नेपालखोज
२०८० भदौ ११ गते १४:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी व्यवस्था संशोधन गरेको छ । राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै पुर्वाधार बिकास बैंकमा लागु हुने गरी चालुपुँजी कर्जा सम्वन्धी व्यवस्था संसोधन गरेको हो ।
पुर्वधार बिकास बैंकको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको भेरियन्स सम्बन्धी व्यवस्था मार्गदर्शन लागेको मितिले दुई वर्षसम्म अनिवार्य नहुने व्यवस्था कायम गरेको जानकारी दिएको छ ।
यसअघि भने ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं. ७ मा भएको भेरियन्स सम्बन्धी व्यवस्था मार्गदर्शन लागु भएको मितिले एक वर्षसम्म अनिवार्य नहुने व्यवस्था कायम रहेको थियो ।

सम्बन्धित
प्रतिक्रिया