अब क्षयरोगसम्बन्धी बिरामीको अवस्था र ठोस तथ्यांक उपलब्ध हुने

काठमाडाैं । कुनै बेला रुपन्देहीसहित प्रदेशभरि क्षयरोग (टिबी) का बिरामीहरुको अवस्था र तथ्यांकबारे ठोस तथ्यांक थिएन। जसका कारण अन्दाजको भरमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका थिए।
अहिले लुम्बिनी प्रदेशसहित कर्णली र सुदूरपश्चिम क्षेत्रमा समेत हेर्ने गरी सेभ द चिल्ड्रेनको तर्फबाट वरिष्ठ कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंहको आगमन भएपछि प्रदेशको तथ्यांक व्यवस्थापनमा नेपालकै नमुना अभ्यासको सुरुवात गरेका छन् । तथ्यांक व्यवस्थापनका लागि डेटा म्यानेजमेन्ट कमिटी गठन गरी सबै पालिकाका सबै निकायमा यसको पहुँच विस्तार गरेका छन् ।
अहिले प्रदेशमा क्षयरोगसम्बन्धी बिरामीको यकिन तथ्यांक उपलब्ध हुन थालेको छ। टिबी रोग बारेमा जानकारी भए पनि सरकारी निकाय, अस्पतालहरुमा यसको फोकल पर्सन तोक्ने परिपाटी नै थिएन। यो विषयमा उनले पटक–पटक लबिङ गरेपछि अहिले भने प्रत्येक स्वाथ्यसम्बन्धी निकायमा फोकल पर्सन समेत तोकिएका छन्।
रुपन्देहीबाट सुरु भएको डेटा म्यानेजमेन्ट कमिटी अहिले देशभर नै विस्तार भएको छ। पालिकामा टिबीसम्बन्धी समस्या भएका बिरामीहरुको अवस्थाबारे सफ्टवेयरमार्फत नै जानकारी केन्द्रसम्म प्रवाह हुन्छ। रोगको अवस्था, टिबीको प्रकार, सेवन गरिहेको औषधि, समयावधिलगायत सबै विवरण प्राप्त हुँदा उपचारमा समेत सहजता भएको सम्बन्धित चिकित्सकहरु बताउँछन्।
डेटा म्यानेजमेन्ट कमिटी सबै पालिकामा गठन भएपश्चात् यसले पालिकाको सबै गतिविधिहरु केन्द्रमा पठाउँछ। जसले जिल्लागत र प्रदेशगत तथ्यांकहरु संकलन गर्न र योजना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।
यो डेटा म्यानेजमेन्ट कमिटी विस्तार भई हाल संघीय तहमा समेत स्थापना भएको छ। केन्द्रीय सल्लाहकार कमिटी पनि गठन भएको छ। यसले कपिलवस्तु जिल्लाका १० वटा पालिकामा बढीे प्रभाव पारेको वरिष्ठ कार्यक्रम अधिकृत मिमबहादुर सिंह बताउछन्।
उनका अनुसार पहिला अनुमान गरिएको तथ्यांक भन्दा वास्तविक तथ्यांक आउनुका साथै नयाँ केससमेत पत्ता लाग्ने दरसमेत बृद्धि भएको छ। यस्तै, निजी अस्पतालमा आउने बिरामीहरुको समेत परीक्षण गरी सोही अनुसारको डेटा म्यानेजमेन्ट नेटवर्कमा जडान गरिएका कारण अहिले निजी क्षेत्रबाट समेत क्षयरोगका विरामीहरुको अवस्थाबारे विवरण आउन थालेको छ।
गत वर्ष मात्रै ८ हजार ८५ जना नयाँ केस पत्ता लागेको छ। प्रतिलाखमा १५७ जना क्षयरोगी भएको केन्द्रीय तथ्या.क छ। डेटा म्यानेजमेन्टले यो रोग पहिचान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।
हाल १५ वटा सरकारी अस्पताल र १२ वटा निजी अस्पताल तथा स्वाथ्य संस्थाहरुमा टेक्निकल नेटवर्क गठन गरिएको छ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीका टिभी, एचआइभी फोकल पर्सन रामप्रसाद भट्टराई भन्छन्र, ‘सेभ द चिल्डे«नका मिमबहादुर सिंह आएपछि डेटा म्यानेजमेन्ट राम्रो भएको छ। उनीहरुको धेरै कुरामा सपोर्ट छ। टिभी एचआइभी, मलेरियालगायका क्षेत्रमा राम्रो सहयोग पाएको छौँ। यो सहयोगले तथ्यांक पनि ठोस आएको छ।’ – INS
प्रतिक्रिया