कहिले प्रेमी–प्रेमिका, कहिले दाजु–बहिनी

काठमाडाैं । शाहरुख खान र ऐश्वर्या रायले ‘देवदास’ र ‘मोहब्बतें’मा प्रेमी–प्रेमिकाको भूमिका निर्वाह गरेका थिए भने ‘जोश’मा दुवै दाजु–बहिनीको भूमिकामा देखिए ।
रणवीर सिंह र प्रियंका चोपडा धेरै फिल्ममा रोमान्टिक भूमिकामा देखिइसकेका छन् । फिल्म ‘दिल धडकने दो’ मा दुबैले दाजु – बहिनीको भूमिका निर्वाह गरेका थिए ।
‘देसी ब्वाइज’ मा दीपिका पादुकोण र जोन अब्राहम प्रेमी – प्रेमीकाको भूमिकामा थिए भने फिल्म ‘रेस – २’ मा दुबैले दाजुभाइको भूमिका निर्वाह गरेका थिए ।
अमिताभ बच्चन र हेमा मालिनी धेरै फिल्ममा जोडीका रुपमा देखिइसकेका छन् । फिल्म ‘गहरी चाल’ मा उनिहरु दुबैले दाजुभाइको भूमिका निभाएका थिए ।
‘अल इज वेल’ मा अभिषेक बच्चन र असिनले प्रेमी–प्रेमिकाको भूमिका निर्वाह गरेका थिए भने ‘बोल बच्चन’ मा दाजु–बहिनीको भूमिका निर्वाह गरेका थिए ।
‘ओम शान्ति ओम’ मा दीपिका पादुकोण र अर्जुन रामपालले श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका थिए भने ‘हाउसफुल’ मा यी दुई स्टार दाजु – बहिनी बनेका थिए ।
‘जय हो’ मा सलमान खान र डेजी शाह रोमान्स गरिरहेका देखिए भने ‘रेस – ३’ मा दुवै दाजुभाइको भूमिकामा देखा परेका थिए।
प्रतिक्रिया