आइतबार, वैशाख ७, २०८२

सेमिकन्डक्टर निर्माता कम्पनी फक्सकनका संस्थापक टेरी राष्ट्रपतिको दौडमा

नेपालखोज २०८० भदौ ११ गते १७:५४

काठमाडाैं । विश्वकै ठूलो इलेक्ट्रिक म्यानुफ्याक्चरिङ कम्पनी फक्सकनका संस्थापक टेरी गोउ ताइवानको राष्ट्रपति बन्न चुनाव लड्ने भएका छन् । निर्दलीय उम्मेदवारका रुपमा उनले सोमबार दाबी पेस गरेका छन् ।

राष्ट्रपति पदका लागि टेरीको उम्मेदवारी दोस्रो ठूलो बोली भएको बताइएको छ। यसअघि सन् २०१९ मा फक्सकनको प्रमुख पद छोडेर ताइवानको विपक्षी पार्टी केएमटी राष्ट्रपति उम्मेदवारका रुपमा प्रस्तुत गरिएको थियो। यद्यपि पार्टीले अरु कसैलाई चुनेको थियो।

केएमटी पार्टी चीननिकट मानिन्छ। २ नोभेम्बरसम्म ३ लाख मतदाताको हस्ताक्षर आवश्यक टेरी निर्दलीय उम्मेदवार बन्न २ नोभेम्बरसम्म ३ लाख मतदाताको हस्ताक्षर चाहिन्छ। टेरी केही हप्तायता ताइवानको यात्रामा छन्। अभियानका क्रममा उनले सत्ताधारी पार्टीको नीतिमा देश युद्धतिर बढेको बताए ।

आफूलाई ४ वर्ष सेवा गर्ने मौका दिएमा ५० वर्षसम्म देशमा शान्ति कायम गर्ने उनको आश्वासन छ। ‘ताइनवानलाई युक्रेन बन्न दिन्नँ,’ उनको भनाइ थियो।

टेरीको कम्पनीले सेमिकन्डक्टर चिप बनाउँछ

टेरीको कम्पनी फक्सकनले सेमिकन्डक्टर चिप बनाउँछ। एप्पल आइफोनमा पनि यही कम्पनीले एसेम्बल गरिएको सेमिकन्डक्टर चिप प्रयोग हुन्छ। सेमिकन्डक्टर चिप इलेक्ट्रोनिक आइटमलाई स्वतः सञ्चालन गर्छ।

आर्टिफिसियल इन्टेलिजेन्सको यात्रामा हरेक देशले इलेक्ट्रोनिक सेमिकन्डक्टर चिप्स बजारलाई आफ्नो नियन्त्रणमा लिन चाहन्छन्। यही शक्ति बुझेको भारतले पनि सेमिकन्डक्टर उद्योग स्थापना गर्न नयाँ योजना सुरु गरेको छ।

अहिलेसम्म विश्वलाई चीनले इलेक्ट्रोनिक उपकरण वितरण गर्दैै आएको छ। यो बजारमा चीनको दबदबा अझै कायम छ। तर दबदबा कायम राखिराख्न उसलाई जतिसक्दो धेरै सेमिकन्डक्टर चिप्सको आवश्यकता छ। ताइवान विश्वमै सर्वाधिक सेमिकन्डक्टर निर्माता हो। यस्तो स्थितिमा चीनले ताइवानलाई पूर्णतया नियन्त्रणमा राख्न चाहेको बताइन्छ । – INS

प्रतिक्रिया