‘यी ५ बानीले धनीलाई पनि सडकमा पुर्याउँछ’

काठमाडाैं । गरुड पुराणलाई सनातन धर्मका १८ ठूला पुराणमध्ये एक मानिन्छ। गरुड पुराणमा केही यस्ता बानीको वर्णन गरिएको छ, जसका कारण मानिस सधैं गरीब रहन्छ । गरुड पुराणअनुसार कसैले फोहोर लुगा लगाएमा देवी लक्ष्मी रिसाउँछिन् ।
माता लक्ष्मीलाई सरसफाई असाध्यै मनपर्छ । उनी त्यस्ता घरमा मात्रै बस्छन्, जहाँ सरसफाइको ख्याल राखिएको हुन्छ ।
गरुड पुराणअनुसार अरुको गल्ती खोजेर बस्ने मानिसको जीवनमा सधैं दरिद्रता रहन्छ ।
गरुड पुराणअनुसार लामो समयसम्म सुत्ने व्यक्तिलाई अल्छी भनिन्छ । यस्ता व्यक्ति कहिल्यै सफल हुन सक्दैनन् । तिनीहरूको जीवनमा सधैं समस्या रहन्छ ।
यदि कुनै व्यक्तिमा धनको घमण्ड छ भने उसको घरमा माता लक्ष्मी लामो समयसम्म बास गर्दिनन् । गरुड पुराणअनुसार परिश्रम नगर्ने मानिस पनि सधैं गरिब र दुःखी रहन्छ ।
माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह /सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया