सरकारी निकायलाई जथाभावी सफ्टवेयर बनाउन रोक
नेपालखोज
२०८० भदौ १२ गते १६:५०

काठमाडौं । सरकारले सरकारी निकायमा सफ्टवेयरहरुको अनावश्यक निर्माणलाई रोक लगाएको छ ।
विभिन्न बहानामा सफ्टवेयरहरु निर्माण गर्दा अनावश्यक खर्च भइरहेको निष्कर्ष निकाल्दै गत ५ भदौमा बसेको सचिवहरुको बैठकले जथाभावी सफ्टवेयर निर्माण गर्न नदिने निर्णय गरेको हो ।
मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले प्रयोगमा नआएका सफ्टवेयर हटाउने निर्णय पनि गरेको छ ।
‘प्रयोगमा आइरहेका सफ्टवेयरबीच अन्तरआबद्धता कायम गर्ने तथा प्रयोगमा रहेका कार्यालयको सफ्टवेयरको सोर्स कोड आफैंसँग राख्ने व्यवस्था मिलाउने’, निर्णयमा भनिएको छ ।
सम्बन्धित
प्रतिक्रिया