बिहीबार, वैशाख ११, २०८२

लुम्बिनी प्रादेशिक अस्पतालमा ५ सयले लिए लैंगिक हिंसासम्बन्धी सेवा

नेपालखोज २०८० भदौ १२ गते १८:४६

लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैंगिक हिंसासम्बन्धी सेवा लिनेको संख्या बढ्दै गएको छ ।

प्रादेशिक अस्पतालका लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की नर्सिङ अधिकृत कान्ति पाण्डेका अनुसार अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ४ जनाले सेवा लिएका छन् ।

आज प्रादेशिक अस्पतालमा भएको (ओसिएमसी)को आर्थिक वर्षको बजेट स्वीकृत तथा गत वर्षको समीक्षामा अघिल्लो वर्षभन्दा यस वर्ष यो केन्द्रबाट सेवा लिनेको संख्या वृद्धि भएको बताइएको छ।

प्रादेशिक अस्पताल बुटवलको एकद्वार संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रलाई स्थानीय तहमा सहकार्य गरेर फराकिलो बनाएर जानुपर्ने बताए ।

‘जुन पालिका हिंसाबाट प्रभावित भएको छ त्यो पालिकासँग सहकार्य गरेर जाँदा सहज हुन्छ,’ पाण्डेले भने, ‘समाजमा किन यस्ता घटना घट्छन् ? यसको कारण के हो ? कसरी न्युनीकरण गर्न सकिन्छ ? यसबारे उपाय खोज्नुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी पाण्डेले सेवा लिएर समाजमा पुनस्र्थापना गरेको अवस्थाको जानकारी समेत ल्याउनुपर्ने उल्लेख गरे । यस्तै, ओसिएमसीमा आएका केसहरू प्रहरीलाई समेत जानकारी गराउनुपर्ने उनको राय थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. सुदर्शन थापाले अस्पतालमा आएका हिंसा चौबिसै घण्टा सेवा दिएको बताए ।

जिल्ला प्रहरी प्रमुख भरत बहादुर बिकले समाजमा दैनिक आत्महत्या गर्नेको संख्या बढेकाले के कारणले यस्ता घटना भैरहेका छन् त्यसबारे अनुसन्धान गर्नुपर्ने बताए ।

यसैगरी, इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख दानबहादुर थापाले अस्पतालमा आउने बलात्कारका घटना स्थानीय प्रहरीलाई जानकारी गराउन आग्रह गरे । उनले इलाका प्रहरी कार्यालमा एक वर्षमा २७ वटा जबर्जस्तीकरणी र ६ वटा बाल यौन दुव्र्यबहारका उजुरी आएको बताए ।

कार्यक्रममा ओसिएमसीका सदस्यहरू तथा अस्पतालका शाखा अधिकृत अस्पतालका मेट्रोन ज्योति पौडेल, नासुलगायत सहभागी कार्यक्रममा ओसिएमसी फोकल पर्सन कान्ति पाण्डेले गत वर्षको बजेटको खर्च र आगामी वर्षको बजेटको बारे जानकारी गराए ।

केहो ओसिएमसी ?

लैगिंक हिंसाबाट प्रभावित महिला, बालवालिका तथा पुरुषहरुलाई एकिकृत रुपमा विना भेदभाव गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पूर्नरस्थापना, जीविको पार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले देशमा तोकिएका जिल्लाका केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरुमा स्थापनागरिएको (संयन्त्रहो) संकट व्यवस्थापन केन्द्र हो ।

ओसिएमसी सेवाका लागि वलात्कार, यौनजन्य दुर्व्यवहार, शारिरीक दुर्व्यवहार, जवरजस्ती बाल विवाह, स्रोत साधन र अधिकारबाट वञ्चित, मानसिक दुर्व्यवहार, परम्परागत रुढीवादी परम्पराका आधारमा गरिने भेदभावबाट पीडित भएका व्यक्तिहरु सेवा लिन आउने गर्दछन् ।

प्रतिक्रिया