बुधबार, वैशाख १०, २०८२

श्री १००८ खप्तड बाबा 

नेपालखोज २०८० भदौ १३ गते ५:००

यो कुरा हामी विचार गर्दैनौँ कि जीवन एक्लै आएको हो, एक्लै जानेछ । धन, सम्पत्ति, परिवार कुनै पनि कुराहरूले साथ दिने छैनन् । आफ्ना राम्रा ( नराम्रा कामहरू हाम्रो साथमा रहने छन् । लडाइँ ( झगडा गरेर जन्म, मृत्यु, जरा, व्याधिको दुःखमाथि दुःख किन बढाउने रु प्रेम, शान्ति र सन्तोषसँग जीवन यापन गर्दै भगवान्‌को भजन गरेर जीवन सार्थक किन नगर्ने ? जीवनको अनमोल बत्ती बलिरहेको छ । यदि जुवा खेल्दै , मायाको ढुकुटी सम्हाल्दै , खराब पुस्तक पढ्दैमा यो बत्ती बलिरह्यो भने तेल समाप्त भइहाल्नेछ, प्रभु प्रेमको गीता पढ्न बाँकी नै रहनेछ ।

जब तिमी यहाँ आएथ्यौ, तब मुट्ठी बाँधेर आएथ्यौ, हात फैलाएर जाने हो न केही साथमा ल्याएथ्यौ न लैजाने हो भने किन व्यर्थ अर्काको वस्तुमा दावा गर्दछौ रु अर्काको उत्तम वस्तु देखेर किन मनमा लालच ल्याउँछौ ? ‘जसले दियो उसले पायो’ यस न्यायअनुसार जो तिमीलाई मिलेको छ त्यसैमा सन्तुष्ट रहेर आनन्दपूर्वक गुजारा गर ।

हनुमानले एक फड्कामा चार सय कोसको समुद्र पार गरे । परशुरामले २१ पटक सारा पृथ्वी भ्रमण गरी संसार जिते । रावणले कैलाश जस्तो विशाल पर्वतलाई उठाएको थियो । भीमले अनायास नै ठूला/ठूला रूखहरू उखेलिदिन्थे । भीष्मपितामह एक्लैले लाखौं सेनासँग निरन्तर दश दिनसम्म लडाइँ गरेथे । यी कुराहरू अब पुराणमा मात्र सत्य भए अथवा कहिले यस्तो भएको छ भन्ने कुरा आजको सभ्य व्यक्तिहरूको अनुमानदेखि धेरै टाढा छ । यी कुराहरू सत्य हुनु तीनै कालमा सम्भव छैन भन्ने विचार भएका मानिसका अगाडि अझै पनि मानिस सय वर्षसम्म युवक बनिरहन सक्तछ भन्नु खाली विवादमात्र हुन्छ ।

यदि मनुष्य अब पनि ३०० वर्षसम्म बाँच्न सक्तछ भन्नु पागल बन्न खोज्नु जस्तो मात्र हुन्छ, किनभने ठूला/ ठूला डाक्टरहरूको भनाइअनुसार शरीरको कुनै यस्तो भाग छैन जो कि ३०० वर्षसम्म एउटै अवस्थामा रहिरहन सकोस् । शरीरको सम्पूर्ण अंग/ प्रत्यंग अधिकभन्दा अधिक सय वर्षसम्म चल्न सक्तछन् , तर मनुष्य सय वर्षसम्म कहिल्यै बाँच्न सक्तैन भन्ने कुसंस्कार भएकाहरूको अगाडि हजार वर्षसम्म राज्य गर्ने राजाहरू र लाखौँ वर्ष तपस्या गर्ने ऋषिमुनिहरूको नाम लिनु बिडम्बना मात्र हुन्छ ।

वास्तवमा यो विषय योगको हो । जसले योगको विषय बुझेको छ र त्यसलाई काममा पनि ल्याएको छ त्यसले पुराणमा बताएको जीवन कथा या अमर पुरुषहरूको गाथालाई कहिल्यै असत्य सम्झदैन । आजभोलि अकाल मृत्युले मनुष्यमाथि प्रभुता स्थापित गरिराखेको छ ।

मनुष्यको शरीर रोग तथा शक्तिको घर बनेको छ । स्वास्थ्य कायम राख्नु यस्तो कार्य भएको छ कि मनुष्य अमर हुन सक्छ भन्ने कुरा विश्वास दिलाउन कठिन छ । मनुष्य परमात्माले दिएको परमायुको माग गर्न सक्छ / सक्तैन भन्ने कुरा पनि विश्वास गर्न गाह्रो भइसकेको छ । पशुपक्षी आदि अन्य प्राणी पञ्चान्नब्बे प्रतिशत परमायुसम्म बाँच्दछन् । तर , ज्ञान र बुद्धिको धनी मनुष्य आज त्यो परमायु पाउन सर्वथा असमर्थ भइरहेको छ । यो कुराले साँच्चै नै मनुष्य जातिको पूर्णपतनको सूचना दिन्छ ।

प्रतिक्रिया