सकारात्मकताले नै सकारात्मक परिणाम दिन्छ

काठमाडौं । हामिले आफ्नो प्रगतिका लागि केवल सकारात्मक चीजहरू छान्नुपर्छ। हाम्रो जीवनमा यस्ता धेरै अवसरहरू पक्कै छन् जहाँ हामि सकारात्मकता मात्र रोज्न सक्थ्यौ , तर हामिले त्यसो गरेनौं ।
यो केवल ‘त्यो व्यक्ति’ वा ‘त्यो अवस्था’ को कुरा मात्र होइन । यो हामिमा निर्भर गर्दछ कि हामी कुनै पनि अवस्था वा वातावरणबाट के लिन्छौं ।
खराब चीजहरू चारैतिर छरपष्ट हुन सक्छन , तर बुद्धिमानीपूर्वक सकारात्मक चीजहरू मात्र छनौट गर्नुपर्छ । यो अभ्यासले अन्तत : हाम्रो चरित्र निर्माण गर्नेछ।
त्यसैले, कुनै पनि परिस्थितिमा कसैलाई नकारात्मकता लिने वा दिने माध्यम बन्नुहुँदैन । आफ्नो जीवनमा भएका तथाकथित गलत घटनाहरूका बारेमा कहिल्यै गुनासो गर्नुहुँदैन । हामिमाथि जे भैरहेको छ त्यो सबैभन्दा राम्रो हो जुन प्रकृतिले हाम्रा लागि यो क्षणमा गर्न सक्छ। यदि हामि आफ्नो जीवनमा राम्रा चीजहरू चाहन्छौं भने जीवनमा राम्रो छनौट गर्न पनि सक्नुपर्छ । यसका लागि सकारात्मकता छान्नुपर्छ । जब हामि यसको अभ्यास गर्न थाल्छौं हामि भित्र ठूलो परिवर्तन देखिनेछ।
झिंगाहरु महमा आकर्षित हुन्छन् र अरू केहीमा होइन । त्यसैगरी, हामिले पनि केवल सदभाव र सकारात्मकता देख्नुपर्छ । जब हामिले सबै कुरा स्वीकार गर्न थाल्छौं हाम्रा गुनासाहरू कम हुनेछन् । अनि हामिले थप शान्त, अधिक सहयोगी र भित्रबाट सशक्त महसुस गर्नेछौं । यो काम पूर्ण समर्पण र अथक परिश्रमका साथ गर्नुपर्छ ।
हामिलाई कुनै पनि परिस्थितिमा सकारात्मक वा नकारात्मक बाटो रोज्ने पूर्ण स्वतन्त्रता छ। तर यहाँ जे भनिएको छ, जे व्याख्या गरिएको छ त्यसलाइ सम्झनुहोस्, यसले हामिलाई आउने समयमा धेरै मद्दत गर्नेछ। यसले हामिलाई मार्गदर्शन गर्नेछ र हामि सबैको यात्रालाई प्रफुल्लित र आनन्ददायक बनाउनेछ।
प्रतिक्रिया