बुधबार, वैशाख १०, २०८२

हिन्दु धर्ममा पूजिने रुख

नेपालखोज २०८० भदौ १५ गते ५:२८

सनातन धर्ममा प्रकृतिलाई विशेष महत्व दिइएको छ । जहाँ नदीलाई आमाको दर्जा दिइएको छ, त्यहिँ रुख र बोटबिरुवा पनि पूज्य छन् । धार्मिक मान्यता अनुसार जीवनमा एउटा नीमको रुख, दश तित्री, तीनवटा काजु, तीनवटा वेल, तीनवटा अमला र पाँचवटा आँपको रुख रोप्ने व्यक्तिलाई पुण्यात्मा मानिन्छ ।

हिन्दु धर्ममा पुजिने रुख

पिपलको रुख : हिन्दू धर्ममा पिपलको रुखको विशेष महत्व छ । धार्मिक मान्यता अनुसार यो रुखमा जरादेखि पातसम्म देवी(देवताको वास हुन्छ । यसको उल्लेख गीतामा पनि पाइन्छ। भगवान कृष्णले भन्नुभएको छ, ‘हे पार्थ, म रूखहरू बीचको पीपल हुँ।’ पीपलको रुखका पात, बोक्रा, बीउ, फल, दूध, कापल, लाख र जटा जस्ता प्रत्येक तत्व उपयोगी छन् ।

बरको रुख अथवा वटवृक्ष : सनातन धर्ममा पीपलपछि बरको रुखको धेरै महत्व छ । बरको रुखमा ब्रह्मा, विष्णु र महेशको वास रहेको पौराणिक मान्यता छ । धार्मिक मान्यता अनुसार बरलाई भगवान शिव पनि भनिन्छ । बरको रुखको दर्शन गर्नु भोलेनाथको दर्शन जस्तै मानिन्छ ।

केराको रुख : हिन्दू धर्ममा केराको रूखको पनि विशेष स्थान छ । केरा र केराको पातको प्रयोग धार्मिक कार्यमा गरिन्छ। भगवान विष्णु र देवी लक्ष्मीलाई केरा चढाउनु शुभ मानिन्छ। केराको रूखको पनि पूजा गरिन्छ । यसबाहेक केराको पातमा प्रसाद समेत वितरण गरिन्छ ।

नीमको रुख : हिन्दू धर्ममा नीमको रुखको पनि विशेष महत्व छ । यसको पूजा गरिन्छ यसलाई माता दुर्गाको रूप मानिन्छ। यो रूख भारत ( नेपाल तिर शताब्दीयौंदेखि पाइनदै आएको छ। नीमको रूख मुख्यतया नेपाल, म्यानमार (बर्मा), पाकिस्तान, भारत इन्डोनेसिया, बंगलादेश, थाइल्याण्ड, श्रीलंका आदि देशहरूमा पाइन्छ। यो रुख चमत्कारी औषधीय गुणले भरिपूर्ण छ ।

नरिवलको रुख : श्रीफल भनेर चिनिने नरिवलको पनि पूजामा विशेष महत्व छ । नरिवललाई मंगल ग्रहको प्रतीक मानिन्छ। नरिवलका रूखहरू मुख्यतया भारतको केरला, पश्चिम बंगाल र ओडिशामा पाइन्छ । यसबाहेक, मुम्बई र महाराष्ट्रको तटीय क्षेत्र तथा गोवामा पनि यसक‍ उत्पादन छ। खासगरि समुन्द्री किनारा भएका देसमा यसको फसल हुन्छ ।

प्रतिक्रिया