सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ?

काठमाडाैं । संसारमा रक्सी प्रेमीहरूको कमी छैन। संसारमा धेरै देशहरू छन् जहाँ मानिसहरू ठुलो संख्यामा रक्सी पिउँछन् । संसारमा रक्सीका यस्ता शौकीनहरु पनि छन् जो साँझ परेपछि बारमा मात्र भेटिन्छन् । तर के तपाईलाई थाहा छ रक्सी पिउने मामिलामा विश्वमा सबैभन्दा अगाडि कुन देश छ ? आज हामी तपाईलाई यस्ता देशहरुका बारेमा बताउन गैरहेका छौँ जहाँ रक्सी पिउनेहरुको संख्या धेरै छ ।
विश्वमा सबैभन्दा धेरै मदिरा पिउने लाटभिया देशका मानिस हुन् । त्यहाँ हरेक वर्ष औसतमा प्रतिव्यक्ति १३ दशमलव १९ लिटर मदिरा खपत हुने गरेको छ । त्यसपछि मोल्दोभाको नम्बर आउँछ। मोल्दोभामा हरेक वर्ष प्रतिव्यक्ति १२ दशमलव ८५ लिटर मदिरा खपत हुने गरेको छ ।
यसैगरी प्रतीवर्षका हिसाबले जर्मनीमा १२.७९ लिटर प्रतिव्यक्ति , लिथुआनियामा १२.७८ लिटर प्रतिव्यक्ति , आयरल्याण्डमा १२.७५ लिटर प्रतिव्यक्ति , स्पेनमा १२.६७ लिटर प्रतिव्यक्ति , युगान्डामा १२.४८ लिटर प्रतिव्यक्ति, बुल्गेरियामा १२.४६ लिटर प्रतिव्यक्ति , रोमानियामा १२.४५ लिटर प्रतिव्यक्ति र लुक्सेम्बोमा मदिराको प्रतिव्यक्ति खपत १२.३४ लिटर प्रति वर्ष छ।
बढ्दो संख्या
विश्वमा मदिरा पिउनेहरुको संख्या केही वर्षयता बढेको छ । जसरी विश्वभर जनसंख्या बढिरहेको छ सोही अनुसार मदिरा सेवन गर्नेको संख्या पनि बढ्दै गएको छ ।
प्रतिक्रिया