वास्तु ज्ञान : लतलाई हटाउने उपाय !

भनिन्छ, कुनै पनि लत एकपटक लागेपछि त्यसबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ । प्रबल इच्छाशक्ति र प्रियजनको सहयोग भएमा यो लतलाई हटाउन सकिन्छ । वास्तुशास्त्रमा पनि केही सरल उपायहरू बताइएका छन्, जसलाई अपनाएमा सबै किसिमको लत त्याग्न मद्दत मिल्छ ।
यदि लत त्याग्न चाहनुहुन्छ भने हरेक बिहान उठ्नेबित्तिकै आफ्नो इष्टदेवलाई याद गर्नुहोस् । सूर्य भगवान्को अगाडि गायत्री मन्त्र वा महामृत्युञ्जय मन्त्रको जप गर्नुहोस् । तपाईं यी मन्त्रमध्ये कुनै एक जप गर्न सक्नुहुन्छ । स्नान आदिबाट निवृत्त भएपछि निधारमा चन्दन वा केसरको तिलक लगाउनुहोस् ।
बिहानै हनुमान मन्दिरमा गएर हनुमान जीको पुजा गर्नुहोस् । सिंदूरको तिलक लगाउनुहोस् । आइतबार आदित्य स्तोत्रको पाठ गर्नुहोस् । चाँदीको भाँडोमा केसर भएको पानी भर्नुहोस् र आफ्नो टाउकोमा राख्नुहोस् । यसलाई बिहान पीपल वा तुलसीमा अर्पण गर्नुहोस् । शुभ योगमा तुलसीको माला धारण गर्नुहोस् । चाँदीको सानो टुक्रा सधैं आफ्नो साथ राख्नुहोस् । चाँदी वा तामाको गिलासमा मात्र पानी पिउनुहोस् ।
बुधबार केटीहरूलाई हरियो लुगा वा हरियो चुरा दान गर्नुहोस्। पहेँलो कपडा, धार्मिक पुस्तक, पहेंलो खाद्य वस्तु गुरु वा पुजारीलाई दान गर्नुहोस् । बिहान बेलुका घरमा कपूर जलाउनुहोस् । यसो गर्नाले घरमा सुगन्धित वातावरणले सकारात्मकता ल्याउनेछ र मनमा भ्रष्ट विचार आउनबाट रोक्छ। खानामा तामसिक पदार्थको सेवन गर्न नभुल्नुहोला ।
प्रतिक्रिया