बुधबार, वैशाख १०, २०८२

सपनामा यी ६ शुभ चिज देखिनु शुभ

नेपालखोज २०८० भदौ १७ गते ५:२७

काठमाडौं । सपना विज्ञान अनुसार सपनामा केही विशेष चीजहरू देख्नु शुभ मानिन्छ। यस्ता सपनाले मानिसको शुभ दिनको आगमनलाई संकेत गर्छन ।

सपनाको पुस्तक अनुसार सपनामा कुन-कुन चीजहरू देखिनु शुभ मानिन्छ त ? घोडसवारी सपनामा घोडा चढेको देख्नु शुभ संकेत हो। यसको अर्थ जागिर–व्यवसायमा ठूलो प्रगति हुन्छ ।

ऐनामा देख्नु

यदि सपनामा ऐनामा आफ्नो अनुहार हेर्दै हुनुहुन्छ भने यो तपाईको वैवाहिक जीवनमा खुशीको संकेत हो ।

कपाल – नङ काटेको

सपनामा कपाल काटेको देख्नु योजनाहरू पूरा हुने संकेत हो। नङ काट्नु भनेको ऋणबाट मुक्ति पाउने संकेत हो ।

वर्षा

सपनामा वर्षा देख्नु भनेको पुरानो लगानीबाट नाफा पाउनु हो । त्यस्तो लाभ नगद वा अचल सम्पत्तिका रूपमा प्राप्त हुन सक्छ ।

हात्ती देखिनु

सपनामा हात्ती चढेको देख्नु प्रगतिको संकेत हो। विशेष गरी यदि सेतो हात्ती देखिएको छ भने यो कुनै ठूलो उपलब्धिको सूचक हो ।

चन्द्रमा देखिनु

सपनामा शीतलता र शान्तिको प्रतीक चन्द्रमा देखिनु पनि शुभ मानिन्छ। यसको मतलब इज्जत बढ्ने छ।


माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ याे नै पूर्ण सत्य एवं सटीक हाे भन्ने हाेइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुकाे सल्लाह – सहयाेग आवश्यक हुन्छ ।

प्रतिक्रिया