बिहीबार, वैशाख ११, २०८२

असफल बनाउने ५ बिचार

नेपालखोज २०८० भदौ १७ गते ५:४९

काठमाडौं । हाम्रो दिमागले दिनभर काम गर्छ हामि हरेक समय केहि न केही सोचिरहेका हुन्छौं । यी विचारहरु मध्ये केहि नकारात्मक हुन्छन् त केहि सकारात्मक छन्। यदि हामीले दिनभरिमा तपाईको दिमागमा आउने विचारहरू मध्ये कति नकारात्मक र कति सकारात्मक हुन्छन् भनेर सोध्यौं भने धेरैजसो मानिस नकारात्मक विचारबाट पीडित भएका पाइन्छन्। हामिले दिमागमा एउटा कुरा के राख्नु पर्छ भने नकारात्मक विचारले हाम्रो दिमागमा डर पैदा गर्ने काम गर्दछ।

यी विषाक्त विचारले हाम्रो आत्मालाई दमन गर्दछ, हामीलाइ खुशी र स्वस्थ जीवन बिताउनबाट रोक्छ। तर जब हामि आफ्नो दृष्टिकोण सकारात्मक राख्छौं तब निश्चित रूपमा यी विषाक्त विचारहरूलाई नियन्त्रण गर्न र तिनलाई बुझ्न सक्षम हुँदै जानेछौं । यस्तो बिचारबाट जति सक्दो चाँडो छुटकारा पाउनु राम्रो हो ।

म अझै तयार छैन

यदि तपाई आफैलाई भन्नुहुन्छ कि तपाई अझै तयार हुनुहुन्न वा तपाईलाई समय चाहिन्छ भने विश्वास गर्नुहोस् तपाई कहिल्यै तयार हुनुहुनेछैन। परिवर्तनले तपाईलाई पक्कै असर गर्न सक्छ, तर जब तपाईले आफ्नो जीवनलाई अर्को मौका दिने प्रयास गर्नुहुन्छ, तपाईको अवस्था पक्कै पहिले भन्दा राम्रो हुनेछ र जीवन पनि धेरै सुन्दर बन्नेछ।

जीवन धेरै कठिन छ

यदि तपाई सोच्नुहुन्छ कि जीवन धेरै कठिन छ भने तपाईले केहि फरक सोच्नु भएको छैन । यो हरेक सामान्य मानिसको सोच हो। तर तपाईले आफ्नो जीवनलाई केहि राम्रो र सजिलो बनाउन सक्नुहुन्छ मात्र तपाईको विचारले । जिवनलाई कठिन मात्र सम्झिरहने हो भने जिवनको बाटो खोज्ने कोसिस पनि गर्न सकिने छैन ।

धेरै ढिलो भयो

यस्तो विचारले हाम्रो जीवनमा नकारात्मकता भर्ने काम मात्र गर्दछ । यस्तो अवस्थामा हामी कुनै प्रकारको प्रयोग गर्न सक्दैनौं । एउटा कुरा के बुझ्नुपर्छ भने यदि आफ्नो जीवन सुधार्न चाहने हो भने यस्तो विचारले बाधा मात्र खडा गर्न सक्छ।

म असफल हुँ

यदि जीवनमा कुनै एक चिज वा मामिलामा असफल भइयो भने यसको मतलब यो होइन कि हामि सधैं असफल नै भैरहन्छौं । हार वा असफलतामा निराश भएर बस्दा हामि अगाडि बढ्नबाट सक्दैनौं । यदि जीवनमा जोखिम वा अवसरहरू लिइएन भने कहिल्यै अगाडि बढ्न सकिदैन र हाम्रो वास्तविक क्षमता कहिल्यै बाहिर आउँदैन।

म लक्ष्यहरू प्राप्त गर्न सक्षम हुनेछैन

यदि आफ्नो उद्देश्य तथा लक्ष्यहरूमा विश्वास गरिएन भने, त्यसलाई प्राप्त पनि गर्न सकिदै । जब आफैमा विश्वास गरिन्छ, तब हाम्रो सफलताको आधा ग्यारेन्टी यसैबाट पूरा हुन्छ । कुनै पनि नयाँ काम सुरु गर्नुअघि आफूमा विश्वास हुनुपर्छ ।

म यसको लायक छैन

हरेक नयाँ दिनले नयाँ आशा ल्याउँछ । यदि हामिले यो आशालाई बेवास्ता गर्यौ भने यो हाम्रो गल्ती हो। यदि यी विचारहरू मनमा राख्ने हो भने यो हाम्रो मनमा यसरी हावी हुनेछ कि हामीलाई त्यसलाई हटाउन गाह्रो हुनेछ।

प्रतिक्रिया