सोमबार, वैशाख ८, २०८२

राष्ट्र बैंकले गर्याे पुनः २० अर्ब चार करोड रुपैयाँको ट्रेजरी आव्हान

नेपालखोज २०८० भदौ १७ गते ११:५७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने भदौ १९ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको छ अर्ब चार करोड ५० लाख, एक सय ८२ दिने अवधिको सात अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० असोज १६ गते, २०८० मङ्सिर १९ गते, २०८० फागुन २२ गते र २०८१ भदौ १८ गते तोकिएका छन् ।

यी ट्रेजरीहरु पुरानो नवीकरण अन्त्रगतका रहेका छन् ।यसअघि यही भदौ ११ गते पनि राष्ट्र बैकले १५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया