सात अंकले उक्लियो सेयर बजार

काठमाडौं । नेप्सेमा करेक्सन आएको छ । अघिल्लो दिन झण्डै ३० अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने सात दशमलव शुन्य चार अंकले बढेर १९ सय ६७ दशमलव ८३ अंकमा पुगेको छ ।
यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य नौं अंकले बढेर तीन सय ७७ दशमलव ७१ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ७० वटा कम्पनीहरुको ३२ हजार पाँच सय ३३ पटकको कारोबारमा ३४ लाख ३२ हजार दुई सय ६७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब नौं करोड ९१ लाख ३९ हजार छ सय ९७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा फाईनान्स समुहको सुचक शुन्य दशमलव ४४ अंकले घटेर १६ सय ६५ दशमलव २८ अंकमा झरेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् ।
सो मध्ये वाणिज्य बैंक समुहको सुचक एक दशमलव ९८ अंकले बढेर १२ सय ५३ दशमलव ६९ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि १६ दशमलव २६ अंकले बढेर तीन हजार छ सय ९३ दशमलव ८२ अंकमा चढेको छ ।
जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ३९ अंकले बढेर दुई हजार छ सय छ दशमलव ४८ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव ९२ अंकले बढेर २० हजार सात सय ३७ दशमलव १८ अंकमा पुगेको छ ।
यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ३२ दशमलव ७८ अंकले बढेर १० हजार चार सय ३८ दशमलव ८७ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सुचक पनि क्रमशः २९ दशमलव ८५, शुन्य दशमलव शुन्य चार, छ दशमलव ५६, १८ दशमलव ६३, शुन्य दशमलव शुन्य सात, छ दशमलव ७३ र ३० दशमलव ५२ अंकले बढेका छन् ।
नेप्सेमा आज थ्रि स्टार हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ७९ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा लिर्वर्टी इर्नर्जी कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले घटेर एक सय ८२ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता पाँच सय ५९ रुपैंयाँ अन्तिम मुल्यमा पाँच करोड २८ लाख ८४ हजार ३२ रुपैंयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया