श्रीकृष्ण जन्माष्टमीमा गर्नुहुँदैन यी ५ गल्ती !

हिन्दू क्यालेन्डर अनुसार प्रत्येक वर्ष भाद्रपद महिनाको कृष्ण पक्षको आठौं दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । यसपटक जन्माष्टमी भदौ २० र २१ गते २ दिन मनाइँदैछ । गृहस्थले भदौ २० मा जन्माष्टमी मनाउने छन् भने वैष्ण सम्प्रदायले भदौ २१ गते जन्माष्टमी मनाउने छन् ।
जन्माष्टमीमा केही नियमको विशेष ख्याल गर्नुपर्ने ज्योतिषीहरुको भनाइ छ । यस दिन भुलेर पनि पाँच गल्ती गर्नु हुँदैन । शास्त्र अनुसार मन्दिरमा श्रीकृष्णको पछाडि कहिल्यै हेर्नु हुँदैन । श्रीकृष्णको पछाडि हेर्दा मानिसको पुण्य घट्छ।
१ मायावी दैत्य कालयवनको पुण्य अन्त्य गर्न श्रीकृष्णले उहाँलाई पिठ फर्काउनु परेको थियो। त्यसपछि उनको नाम पनि रणछोड पनि भयो ।
२ जन्माष्टमीको दिन तुलसीको पात टिप्नु हुँदैन ।
श्रीकृष्ण विष्णुको पूर्ण अवतार हुन र भगवान विष्णुले तुलसीलाई धेरै माया गर्नुहुन्छ।
३ जन्माष्टमीको दिन भात खानु हुँदैन । एकादशी जस्तै जन्माष्टमीमा चामल वा जौबाट बनेको चीज खाइँदैन ।
४ जन्माष्टमीको दिन लसुन, प्याज वा तामसिक खाना खानु हुँदैन । यो दिन मासु र रक्सीबाट टाढा रहनुपर्छ ।
५ जन्माष्टमीको दिन भगवान श्रीकृष्णलाई कालो रङको वस्तु चढाउनु हुँदैन । साथै कालो वस्त्र लगाएर भगवानको पूजा गर्नुहुँदैन ।
प्रतिक्रिया