बुधबार, वैशाख १०, २०८२

श्रीकृष्ण जन्माष्टमीका पूजा सामग्री

नेपालखोज २०८० भदौ १९ गते ७:५८

काठमाडाैं । कृष्ण जन्माष्टमीका रुपमा हामी भगवान् श्रीकृष्णको जन्मजयन्ती मनाउँछौं । यस दिन भगवान् श्रीकृष्णको बालस्वरूपको पूजा गरिन्छ । कृष्ण जन्माष्टमीको दिन व्रत बसे सबै मनोकामना पूरा हुने जनविश्वास छ । यस दिन मानिसहरूले व्रत बसेर भगवान कृष्णको पूजा गर्छन् ।

भगवान् श्रीकृष्णलाई विशेषगरी दही, दूध र मक्खन मनपर्छ, त्यसैले यस दिन दहीबाट चरणामृत तयार गरी प्रसादका रूपमा मानिसहरूलाई दिइन्छ । त्यसैगरी कृष्णको पूजामा केहि चीजहरू समावेश गर्नुपर्छ ।

यस्तो छ पूजा सामग्रीको पूर्ण सूची :

धूप, अगरबत्ती, कपूर, केसर, चन्दन, यज्ञोपवीत ५, कुमकुम, अक्षता, अबीर, अभ्रक, बेसार, गहना, रुवा, सिन्दुर, सुपारी, सुपारी, माला, पानको पात, तुलसिको माला, सप्तामृतिका, सप्तधन, कुश र दुबो, पञ्च सुक्खा फल, गंगाजल, मह, चिनी, दाल, शुद्ध घिउ, दही, दूध, मौसमी फलफूल, नैवेद्य वा मिठाई, सानो अलैंची, ल्वाङ, मोली सुप, अत्तरको बोतल सिंहासन, झूला (चौकी, आसन), पञ्च पल्लव, पञ्चामृत, केराको पात, औषधि, श्रीकृष्णको मूर्ति वा चित्र, गणेशको चित्र, अम्बिका जीको चित्र, भगवानको वस्त्र, गणेशलाई चढाउने लुगा, अम्बिकालाई वस्त्र, जल कलश, सेतो कपडा, रातो कपडा, पञ्चरत्न, बत्ती, तेल, ताम्बूल, नरिवल, चामल, गहुँ, गुलाब र रातो कमलको फूल, दुर्वा, अर्घ्यपत्र आदि अर्पण गरिन्छ ।

प्रतिक्रिया