बिहीबार, वैशाख ११, २०८२

रैथाने मह किन्न घरमै पुग्छन् ग्राहक

नेपालखोज २०८० भदौ १९ गते १५:०३

तुलसीपुर(दाङ) । तुलसीपुर उपमहानगरपालिका वडा नं.३ श्रीखोलाका प्रेमबहादुर विकले रैथाने मौरी पाल्न थालेको दस वर्ष भयो । दैनिक हुने अन्य कामसँगै बाँकी रहेको समय मौरी पालन गरेरै उनले वार्षिक एकलाख कमाई गर्दै आएका छन् ।

दसवर्ष अघिदेखि परम्परागतरूपमा चल्दै आएको काठको घारमा मौरी पालन सुरु गरेका उनले सुरुमा दुर्ई-तीन घारबाट काम सुरु गरे, त्यसपछि ४० घारसम्म मौरी पालन गरेका छन् । बीचमा रोग लाग्दा पनि कहिले घट्ने र कहिले बढ्ने भइरहेको छ ।

रैथाने जातको मौरीले आफै मेहनत गर्ने भएकाले आफूहरुले धेरै दुःख गर्न नपर्ने उनको भनाइ थियो । यसरी प्राप्त भएको मह बजारीकरणका लागि पनि लैजानु पर्दैन । यो मह खोज्दै ग्राहक घरमै आउने गर्छन् । स्वास्थ्यका हिसाबले एकदमै उत्तम भएकाले पनि घरमै आएर लैजाने गरेको प्रेमबहादुरले बताए ।

प्रतिक्रिया