आइतबार, वैशाख ७, २०८२

झन्डै सात अंकले घट्दा ७९ करोड ६८ लाखको सेयर किनबेच

नेपालखोज २०८० भदौ १९ गते १५:३१

काठमाडौं । नेप्से पुन फेरि ओरालो लागेको छ । अघिल्लो दिन सात दशमलव शून्य चार अंकले बढेको नेप्से आज मङ्गलवार भने छ दशमलव ४५ अंकले घटेर १९ सय ६१ दशमलव ३७ अंकमा झरेको हो ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ४७ अंकले घटेर तीन सय ७७ दशमलव २४ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ७७ वटा कम्पनीहरुको २५ हजार दुई सय ७७ पटकको कारोबारमा २४ लाख ८० हजार नौं सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम ७९ करोड ६८ लाख ७० हजार चार सय आठ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक १९ दशमलव ७२ अंकले बढेर पाँच हजार एक सय ४३ दशमलव ५३ अंकमा पुगेको छ भने ट्रेडिङ समुहको सुचक १३ दशमलव ५२ अंकले बढेर दुई हजार नौं सय १४ दशमलव २१ अंकमा पुगेको छ । यि बाहेक बाँकी समुहहरुको सुचक भने घटेका छन् ।

जसमध्ये बैंकिङ समुहको सुचक दुई दशमलव ९१ अंकले घटेर १२ सय ५० दशमलव ७७ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि चार दशमलव ११ अंकले घटेर तीन हजार छ सय ८९ दशमलव ७१ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि १२ दशमलव ७९ अंकले घटेर १६ सय ५२ दशमलव ४९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १३ दशमलव शुन्य चार अंकले घटेर १९ सय ९३ दशमलव ४४ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव २८ अंकले घटेर १० हजार छ सय ६८ दशमलव ९० अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५८ दशमलव ८६ अंकले घटेर १० हजार तीन सय ८० अंकमा झरेको छ ।

यि बाहेक आज होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमशः ४३ दशमलव ७३, शुन्य दशमलव १५, सात दशमलव ५०, शुन्य दशमलव ११ र तीन दशमलव ४२ अंकले घटेका छन् ।

नेप्सेमा आज एनएमबी माईक्रोफाईनान्स वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर पाँच सय ६१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा आरबिबि म्युचुअल फण्ड २ को प्रतियुनिट सेयर मुल्य १० प्रतिशतले घटेर आठ रुपैंयाँ ५० पैसामा कारोबार भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरतर्फ भने आज प्रतिकित्ता चार सय १२ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा सात करोड ५८ लाख ९७ हजार सात सय ९३ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया