के चढाउने भगवान् श्रीकृष्णलाई

भगवान् श्रीकृष्णको बालस्वरूप अर्थात् लड्डू गोपालको हरेक घरमा पूजा गरिन्छ । तर उनको आराधनाका लागि भाद्रपद महिनाको कृष्ण पक्षको अष्टमी तिथीलाई विशेष मानिन्छ, किनभने यही दिन श्रीकृष्ण पृथ्वीमा जन्मिएका थिए । यही कारणले गर्दा जन्माष्टमीका दिन सबैले व्रत बसेर मुरली मनोहरको आशीर्वाद प्राप्तगर्न बिधिबिधान अनुसार पूजा – आजा गर्छन् । यस दिन राति १२ बजे कान्हाको जन्म भएपछि उनको पूजाआजा गरी व्रत तोडिन्छ ।
कृष्ण जन्माष्टमीको दिन लड्डु गोपाललाई खुसी पार्न विभिन्न प्रकारका परिकार चढाइन्छ । यसका साथै मनोकामना पूरा गर्न यस दिन केही विशेष उपायहरू पनि अपनाइन्छ ।
ज्योतिष शास्त्र अनुसार यदि तपाई आर्थिक समस्याले घेरिनु भएको छ र धेरै मेहनत गर्दा पनि सफलता मिलिरहेको छैन भने जन्माष्टमीको दिन कान्हालाई केसरमिश्रित दूधले अभिषेक गर्नुहोस् । यो उपाय अपनाउँदा भगवान् श्रीकृष्णका साथमा धनकी देवी लक्ष्मीको समेत आशीर्वाद प्राप्त हुन्छ । कृष्णजन्माष्टमीका दिन कान्हाको पूजामा चाँदीको बाँसुरी अर्पण गर्न सकिन्छ । यसो गर्दा हरेक काममा सफलता मिल्ने जनविश्वास छ भने परिवारका सदस्यहरूबीच मनमुटाव छ भने त्यो पनि समाप्त हुन्छ ।
यदि कुनै शत्रु तपाईको समस्याको प्रमुख कारण बनिरहेको छ भने, जन्माष्टमीको दिन स्वच्छ कृष्ण वासुदेवाय हरिस् परमात्माने प्रणतस् क्लेशणाशाय गोविन्दाय नमो नमः’ को जप गर्नुहोस्। ज्योतिषशास्त्रका अनुसार यसले शत्रुको डर कम गर्छ ।
भगवान श्रीकृष्णलाई पीताम्बरधारी पनि भनिन्छ। यस्तो अवस्थामा कृष्ण जन्माष्टमीको पूजाको पूर्ण फल प्राप्त गर्न पहेँलो रंगको वस्त्र धारण गरी पहेँलो फल, पहेँलो फूल, पहेँलो मिठाई वा लड्डु गोपाललाई चढाउनुपर्छ । जन्माष्टमीका दिन भगवान श्रीकृष्णलाई पुजामा सुपारी चढाउनुपर्छ । यसैगरी भगवान् श्री कृष्णलाई पानको पात चढाउन सकिन्छ । पानको पातमा श्री यन्त्र लेखेर ढुकुटि वा धनको स्थानमा राख्ने । भनिन्छ, यसो गर्दा कहिल्यै गरिबी आउँदैन । धनसम्पत्ति बढ्छ ।
कृष्ण जन्माष्टमीका दिन भगवान कृष्णको बाल स्वरूपको पूजा गर्दा सन्तान प्राप्त हुने जनविश्वास छ । यस दिन घरमा गाई वा बाछोको मूर्ति ल्याउनुपर्छ । त्यसपछि कान्हासहित यिनीहरूको विधिवत पूजा गर्ने । यसो गर्दा सन्तान सुख प्राप्त हुने बताइन्छ।
जन्माष्टमीका दिन साँचो मनले बालगोपालको पूजा गरे सबै मनोकामना पूरा हुने जनविश्वास छ । जागिरमा बढुवा पाउन चाहनेहरुले यस दिन ७ जना युवतीलाई खीर वा सेतो मिठाई ख्वाउनुपर्छ । यो उपाय जन्माष्टमी पछि लगातार पाँच शुक्रबार अपनाउनुपर्छ ।
प्रतिक्रिया