कृष्ण जन्माष्टमीमा समस्याअनुसार आरधना

काठमाडाैं । हिन्दू धर्ममा जन्माष्टमी पर्व हर्षोल्लासका साथ मनाइन्छ । यो पर्व हाम्रो नेपाल सहित संसारभर मनाइन्छ तर मथुराको जन्माष्टमी विश्व प्रसिद्ध छ । पाटनको कृष्ण मन्दिरमा हुने पुजा पनि नेपालभर प्रशिद्व छ । प्रत्येक वर्ष भाद्रपद कृष्ण पक्षको अष्टमी तिथिमा जन्माष्टमी मनाइन्छ । यो दिन भगवान श्रीकृष्णको आराधना गर्ने उहाँको आशीर्वाद एवं दुःखबाट मुक्ति प्राप्त गर्ने उत्तम दिन हो ।
यस दिन बालगोपालको पूजा गरी पञ्चामृतले अभिषेक गरी श्रृंगार गर्नुहोस् । उनलाई मक्खन, चिनी र पन्जिरी चढाउनुपर्छ। त्यस्तै, जन्माष्टमीका दिन कान्हाका लागि झूला सजाएर त्यसमा उनलाई राखिन्छ । यसका साथै जन्माष्टमी जीवनका विभिन्न समस्याबाट मुक्ति पाउने दिन पनि हो ।
यस पटक जन्माष्टमीको दिन मयूरको प्वाँखका केही उपाय गर्नुहोस् जसले तपाईंलाई धेरै फाइदा हुनेछ । ज्योतिषशास्त्रमा मयूरको प्वाँखको उपायलाई निकै प्रभावकारी मानिएको छ । जन्माष्टमीका दिन यी उपाय गरेमा अझ बढी लाभ मिल्छ ।
धनी बन्ने उपाय स् यदि निरन्तर आर्थिक संकटबाट चिन्तित हुनुहुन्छ भने वा ऋणको बोझ बढ्दै गएको छ भने जन्माष्टमीका दिन भगवान श्रीकृष्णको पूजामा ५ वटा मयूरको प्वाँख राखी २१ दिनसम्म पूजास्थलमा राख्ने । त्यस पछि त्यसलाई सुरक्षित ठाउँ वा ढुकुटीमा थन्क्याउने । यसले पैसाको प्रवाहका लागि नयाँ मार्गहरू सिर्जना गर्नेछ।
दाम्पत्य जीवनमा आउने समस्या अन्त्य गर्ने उपायः पति–पत्नीबीच पटक–पटक झगडा भइरहन्छ भने जन्माष्टमीको दिन सुत्ने कोठामा मयूरको प्वाँख राख्नुपर्छ । यसका लागि मयूरको प्वाँख पूर्व वा उत्तर दिशाको भित्तामा राख्ने । यसबाट दाम्पत्य जीवनमा मधुरता पलाउन थाल्नेछ। नकारात्मक ऊर्जा हटाउने उपाय स् घरमा वास्तु दोष भए त्यसका कारण उत्पन्न हुने नकारात्मकताले झगडा र कलह निम्त्याउँछ। घरका मानिसहरुलाई रोग लाग्छ भने यो प्रगतिमा बाधक पनि बन्छ ।
यसबाट छुटकारा पाउन जन्माष्टमीका दिन भगवान कृष्णको पूजा गर्नुका साथै मयूरको प्वाँखलाई पूर्वमुखी भित्तामा लगाउने । यो उपायले धेरै फाइदा दिन्छ । ग्रह दोष हटाउने उपाय : कुण्डलीमा राहु – केतु दोष छ भने जन्माष्टमीको दिन सुत्ने कोठाको पश्चिम भित्तामा मयूरको प्वाँख लगाउनुपर्छ । ग्रह दोषबाट मुक्ति मिल्नेछ ।
प्रतिक्रिया