वास्तु ज्ञान : जन्माष्टमी घर भित्राउनुहोस् यी वस्तु

सनातन पञ्चाङ अनुसार भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा कृष्णजन्माष्टमी मनाइन्छ । यस दिन लड्डु गोपालको विधि–विधान अनुसार पूजा गरिन्छ । यससँगै उनका लागि व्रतको बिधान पनि छ । कृष्ण जन्माष्टमीमा विशेष उपाय गर्ने ज्योतिषमा पनि व्यवस्था छ । यी उपाय अपनाएमा घरमा सुख, शान्ति र समृद्धि कायम रहन्छ । यदि भगवान श्रीकृष्णको आशीर्वाद प्राप्त गर्न चाहने हो भने कृष्ण जन्माष्टमीमा घरमा ल्याउनुहोस यी ५ चिज भित्राउनुपर्छ ।
बाँसुरी
वास्तुशास्त्र अनुसार घरमा बाँसुरी राख्दा सुख९समृद्धि बढ्छ। त्यसैले कृष्ण जन्माष्टमीमा बाँसुरी किनेर घरमा ल्याउनुपर्छ । यो उपाय गर्नाले मनले चाहे अनुसार आम्दानी बढ्छ । दिनको कुनै न कुनै समयमा घरमा बाँसुरी बजाउनुहोस्। यो उपाय गर्नाले घरमा सकारात्मक उर्जा संचार हुन्छ ।
मयूरको प्वाँख
भगवान वासुदेवलाई मयूरको प्वाँख अति प्रिय छ। वास्तु विज्ञहरुका अनुसार घरमा मयूरको प्वाँख राख्नाले वास्तु दोष हट्छ । यससँगै भगवान कृष्णको आशीर्वाद पनि प्राप्त हुन्छ । त्यसैले कृष्ण जन्माष्टमीमा मयूरको प्वाँख घरमा ल्याउनुपर्छ । घरको मुख्य ढोकामा मयूरको प्वाँख सजाउन सकिन्छ ।
पाञ्चजन्य शंख
प्राचीन कालमा पाञ्चजन्य शंख समुन्द्र मन्थनबाट प्राप्त भएको थियो । त्यतिबेला विश्वका पालनकर्ता भगवान विष्णुले पाञ्चजन्य शंख धारण गरेका थिए । वास्तुशास्त्रका जानकारहरूका अनुसार घरमा शंख बजाउँदा सकारात्मक उर्जा आउँछ भने घरमा पाञ्चजन्य शंख राख्नाले सुख र सौभाग्य बढ्छ। त्यसैले कृष्ण जन्माष्टमीमा पञ्चजन्य शंख घरमा ल्याउनुपर्छ ।
कामधेनु गाई
यो विशेष शुभ अवसरमा कामधेनु गाईको मूर्ति घरमा ल्याए सुख र सौभाग्य वृद्धि हुने वास्तुविद्हरू बताउँछन् । यसले घरमा शान्ति र समृद्धि ल्याउँछ। भगवान श्रीकृष्णलाई गाई अति प्रिय छ। त्यसैले कृष्ण जन्माष्टमीमा घरमा कामधेनु गाईको मूर्ति ल्याउनुपर्छ ।
लड्डु गोपाल
यदि भगवान् कृष्णको भक्तिपूर्वक सेवा गरेर उहाँको कृपाको अंश बन्न चाहने हो भने जन्माष्टमीको दिन घरमा बालगोपालको मूर्ति ल्याउनुपर्छ । ज्योतिषीहरुका अनुसार कृष्ण जन्माष्टमीमा लड्डु गोपालको मूर्ति ल्याए पति–पत्नीबीचको सम्बन्ध मधुर र मजबुत हुन्छ भने नवविवाहित जोडीलाई श्रीकृष्णको आशीर्वाद मिल्छ ।
प्रतिक्रिया