बुधबार, वैशाख १०, २०८२

भगवान् श्रीकृष्णको पाठ

नेपालखोज २०८० भदौ २० गते ५:५०

धार्मिक मान्यता अनुसार भगवान् कृष्णलाई विष्णुको अवतार मानिन्छ । कृष्ण कन्हैयाको जन्म पृथ्वीमा माता देवकी र वासुदेवको वंशमा भएको थियो । पापबाट मुक्ति, भक्तजनको मुक्ति र दुष्टको विनाशको लक्ष्य लिएर महाभारतबाट जीवनको पाठ सिकाउन उनको जन्म भएको हो ।

उनको सम्पूर्ण जीवन मानव जातिको लागि पाठ थियो । उनी बाल्यकालमा आफ्नो व्यवहारबाट खेल्दाखेल्दै मानिसलाई सहि र गलतको भिन्नता सिकाउथे ।यमुना नदीमा नुहाउन गएका बाल कृष्णले गाउँका महिलाको लुगा चोरेको घटना छ । यसो गरेर उनले ठूलो सन्देश दिएका छन् ।

कृष्णले राधालाई माया गर्थे तर उनीसँग विवाह गरेनन्, यसरी उनले उनलाई धर्म र कर्मको पाठ सिकाए । महाभारतको समयमा अर्जुनको सारथी बनेर उनले हामीलाई असत्य र पापका विरुद्धमा पनि आफ्नै मानिसहरूका विरुद्धमा खडा हुन सिकाए । श्रीकृष्णको जीवनसँग सम्बन्धित धेरै कथाहरूले जीवनलाई सरल बनाउने पाठ सिकाउँछन्। कृष्णका गुणहरूले सफलताको बाटो देखाउँछन्।

भगवान् कृष्णका केही गुणहरू अपनाएर जीवनमा सफलताको बाटो पाउन सकिन्छ । सरल जीवन जिउने भगवान् कृष्णका धेरै गुणहरू मध्ये एक उनको सरल जीवन जिउने कला हो । उनी ठूलो परिवारका थिए । कृष्ण गोकुलका राजा नन्दका छोरा थिए तर उनलाई यो कुरामा गर्व थिएन । उनी गोठाला केटाहरूसँग गाई चराउन जान्थे। सादा जीवन बिताउँथे । यही गुणका साथ उनले आफ्नो पदको घमण्ड नगर्ने सन्देश दिएका छन् ।

कठिन समयमा सहयोग

श्रीकृष्णको एउटा गुण के थियो भने उनि अरूलाई सहयोग गर्थे । सुदामा उनका गरिब मित्र थिए तर राजा भए पनि उनलाई यो कुरामा गर्व थिएन । सुदामा भेट्न आएपछि उनी सुदामालाई लिन ढोकामा पुगे । पाण्डवकी पत्‍नी द्रौपदी श्रीकृष्णकी साथी थिइन्, जब उनी छिन्नभिन्न भैरहेकि थिइन , उनलाई सहयोग गर्नका लागि देवकीनन्दन मात्र अगाडि आए ।

जब कौरवहरू र पाण्डवहरू बीच युद्ध भयो र दुबै द्वारकाधीशको सहायता माग्न पुगे । कृष्णले कौरव सेना धेरै ठूलो भएको थाहा पाए पनि पाण्डवहरूलाई समर्थन गरे। धनी हुन वा गरिब, लिंग वा जात, अप्ठ्यारो समयमा आफ्ना प्रियजनलाई साथ दिन उनी पछि परेनन् । उनको यो गुण हामी पनि अपनाउन सक्छौँ । मित्रता गर्दा गोपालले आफ्नो साथी धनी हो कि गरिब भनेर कहिल्यै सोचेनन् । स्वयम् राजा भएर उनि सुदामाको मित्रता मन पराउँथे ।

बाल्यकालमा एउटै आश्रममा दीक्षा लिएपछि दुवैको परिस्थिति बदलियो तर वर्षौंपछि सुदामा आफ्नो राज्यमा पुगेपछि द्वारकाधीशले सुदामाभन्दा ठूलो र विशेष पाहुना कोही नहुने गरी स्वागत गरे । कृष्ण सुख दुस्खका साथी हुन्।

सही मार्गदर्शन

श्रीकृष्णले हामीलाई सधैं सही मार्गमा हिँड्न प्रेरित गरे । उनले महाभारतको समयमा गीता उपदेश दिएका थिए । ‘आफ्नो काम गर , फलको चाहना नराख ।’

जसरी उनले अर्जुनलाई उपदेश दिएका थिए र सारथी बनेर सम्पूर्ण युद्धमा अर्जुन र पाण्डवहरूलाई साथ दिएका थिए। अर्जुन जहिले जहिले दुःखी हुन्थे, उनलाई श्रीकृष्णले उचित मार्गदर्शन गर्थे ।

प्रतिक्रिया