ग्यास चुलोले दमको जोखिम निम्त्याउँछ ?

धेरै उच्च आगोमा प्रयोग गरिएको एकल ग्यास बर्नर चुलोबाट ठूलो मात्रामा बेन्जिन रसायन निस्कन्छ। बेन्जिन क्यान्सरको कारण बन्न सक्छ । सामान्यतया घरमा खाना पकाउन प्रयोग गरिने ग्यास चुलोले दम लगायतका धेरै रोगलाई जन्म दिन्छ । मानिसहरूलाई यो कुरा थाहा छैन तर अमेरिकामा गरिएको अनुसन्धानले यस्तो दाबी गरेको छ ।
स्ट्यानफोर्डका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनमा यी चुलोबाट निस्कने हानिकारक ग्याँसले श्वासप्रश्वाससम्बन्धी रोगहरू बाहेक धेरै खतरनाक रोगहरू निम्त्याउन सक्ने खुलासा भएको छ। यसमा ल्युकेमिया र लिम्फोमा जस्ता क्यान्सरहरू समावेश छन् ।
यदि चुलोको एउटै हबलाई ४५ मिनेटसम्म खुला राखियो भने यसले बेन्जिनको स्तर यति बढाउँछ कि यसको प्रभाव चुरोट पिउनेको छेउमा उभिनुभन्दा पनि खतरनाक हुन सक्छ ।
बेन्जिनको हानिकारक प्रभाव
यो अध्ययनमा चुलोबाट निस्कने बेन्जिन ग्यासलाई निकै हानिकारक मानिएको छ । यो भान्साकोठामा मात्र सिमित नभई बिस्तारै घरभरि फैलिदै गएर अन्य कोठामा बस्ने मानिसलाई पनि हानि पु¥याउन सक्छ ।
उदाहरणका लागि, चुलो बन्द गरेपछि पनि खतरनाक मात्रामा बेन्जिन घन्टौंसम्म हावामा रहन्छ। यसबाट हुने प्रदूषणलाई तेल वा ग्यास प्लान्टको नजिकैको क्षेत्रमा हुने प्रदूषणसँग तुलना गर्न सकिन्छ र यो विद्युतीय तारको चुलोभन्दा १० देखि २५ प्रतिशत बढी हुन्छ । इन्डक्सन स्टोभबाट यति मात्रामा बेन्जिन निस्कने कुनै प्रमाण नभएको अनुसन्धानकर्ताहरूको दाबी छ ।
यो अनुसन्धानका लागि २०२२ मा क्यालिफोर्निया र कोलोराडोका ८७ घरमा ग्यास र प्रोपेन चुलोको अध्ययन गरिएको थियो। जस अनुसार ३० प्रतिशत भान्सामा उच्च स्थानमा प्रयोग गरिएको ग्यास चुलोबाट यति धेरै बेन्जिन उत्सर्जन हुने गरेको पाइएको थियो कि त्यो चुरोट पिउने व्यक्तिको छेउमा उभिदा निस्कने धुवाँ भन्दा हानिकारक हुन्छ । यो अमेरिकी वातावरण संरक्षण एजेन्सी र विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य मापदण्डभन्दा धेरै हो। यो शोधपत्र ‘पर्यावरण विज्ञान तथा प्रविधि’ जर्नलमा प्रकाशित छ ।
ग्यास चुलो कि भिलेन ?
अर्को अनुसन्धानमा अमेरिकामा साना बालबालिकाहरूमा हुने दमका १३ प्रतिशत केस घरको ग्यास चुलोसँग जोडिएको पाइएको थियो। ग्यास चुलो स्वास्थ्यका दृष्टिले मात्र होइन जलवायुका लागि पनि खतरा हो । स्ट्यानफोर्डले यसअघि गरेको एक अध्ययनमा ग्यास चुलो बन्द हुँदा पनि मिथेन र अन्य हानिकारक ग्याँसहरू चुहिरहने गरेको पाएको थियो। मिथेन एक अत्यधिक शक्तिशाली हरितगृह ग्यास हो जसले जलवायु परिवर्तनमा योगदान गर्छ ।
घरमा राम्रो भेन्टिलेसनले प्रदूषणको प्रभाव कम गर्न मद्दत गर्छ, तर यो बेन्जिनको प्रभाव कम गर्न त्यति प्रभावकारी देखिएको छैन् अनुसन्धान प्रतिवेदनका लेखक रोब ज्याक्सनले भनेका छन् । विश्लेषणले ग्यास चुलो नभएको घरमा बस्ने बालबालिकाको तुलनामा ग्यास चुलो भएको घरमा बस्ने बालबालिकामा दमको जोखिम ४२ प्रतिशत बढी हुने देखाएको छ । यसैगरी २०२२ को एक विश्लेषणले अमेरिकामा लगभग १२।७ प्रतिशत बालबालिकामा दमको कारण ग्यास चुलो भएको खुलासा गरेको छ।
स्रोत : रोयटर्स
प्रतिक्रिया